मोलुङ –५ मा एमालेले सुरुवाती अग्रता लिएपछि कांग्रेसका उम्मेदवारले छाडे मत गणनास्थल
आइतबार, १६ मङ्सिर २०८१, १९ : ५९

काठमाडौँ । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा भएको मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ । २ सय मतगणना गर्दा जसमा नेकपा एमालेका उम्मेदवार गंगाबहादुर तामाङले १ सय ७ मत प्राप्त गर्दै अग्रता लिएका हुन् ।
त्यस्तै, दोस्रो नेपाली कांग्रेसका उम्मेदवार घनश्याम दाहालले ४६ मत प्राप्त गरेका छन् ।
त्यस्तै रास्वपा उम्मेदवार विष्णु प्रसाद पोखरेलले ३६ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार मान बहादुर सुनुवारले ७ मत प्राप्त गरेका छन् ।
मतगणनामा एमालेले अग्रता लिएपछि कांग्रेसका उम्मेदवार र प्रतिनिधि मत गणनास्थल छाडेर हिँडेका छन् ।
कांग्रेसका उम्मेदवार वा प्रतिनिधिलाई मत गणनास्थलमा उपस्थित हुनका लागि माइकिङ समेत गरिएको छ । उपस्थित नभए मतगणना जारी राख्ने आयोगका कर्मचारीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविका उपकुलपतिको राजीनापछि विश्वविद्यालय उपकुलपति विहिन
-
म्याग्दीमा गाडीले च्यापेर एक जनाको मृत्यु
-
चाइना साउदर्न एयरलाइन्सले काठमाडौं-ग्वाङ्झाउ रात्रिकालीन उडान पुनः सञ्चालन गर्ने
-
‘नरसिंहाः अवतार’ मा राजसँग रोमान्टिक अवतारमा देखिइन् सनिषा
-
भक्तपुरमा बिस्केट जात्रा सुरु
-
चैत २८ लाई ‘राष्ट्रिय मोही दिवस’ को रूपमा मनाउने घोषणा