काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तरगत आइतबार सम्पन्न मतदानको मतगणना सुरु भएको छ । गोरखा नगरपालिका वडा नम्बर–५, कालीकोटको तिलागुफा नगरपलिका–४, जाजरकोटको कुशे गाउँपालिका ७ सहितका विभिन्न स्थानमा मतगणना सुरु भएको रातोपाटीका स्थानीय संवाददाताहरुले जनाएका छन् । जसअनुसार तिलागुफा नगरपालिका–४ मा मनगणना सकिएर नेमकिपाका उम्मेदवार विजयी भइसकेका छन् ।
अन्य स्थानमा पनि मतगणनाका लागि तयारी भइरहेको जनाइएको छ । निर्वाचन आयोगले यसअघि मतगणना स्थलमा मतपेटिका जम्मा हुनेबित्तिकै मतगणना सुरु गर्न निर्देशन दिएको थियो । स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०८१ र मतगणनासम्बन्धी आयोगबाट भएको निर्देशन बमोजिम तत्काल मतगणना प्रारम्भ गर्न निर्देशन दिइएको प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।
उनका अनुसार आइतबार स्थानीय तह उपनिर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको छ। उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा २ लाख २६ हजार ७९९ मतदाता रहेकोमा हालसम्मको प्राप्त विवरण अनुसार करिब ६२ प्रतिशत मतदान भएको उनको भनाइ छ।
पोखरेलकाअनुसार एउटा मात्रै मतदान स्थल रहेका १५ वटा वडाको वडा अध्यक्ष पदको मतगणना सम्बन्धित मतदान स्थलमा नै हुने व्यवस्था मिलाइएको छ भने अन्य स्थानमा सबै मतदान स्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गरी मतगणना हुनेछ।
उपनिर्वाचन प्रयोजनका लागि २५ वटा राजनीतिक दल दर्ता भएकोमा २० वटा राजनीतिक दलको तर्फबाट उम्मेदवारी परेको थियो। यस्तै ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समितिको प्रमुखमा क्रमशस् नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी यसअघि सर्वसम्मत भइसकेका छन् भने रूकुम पूर्वी भागको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेमाओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध भएका छन् ।
यसबाहेक नगरपालिकाका प्रमुख एक जना, उपप्रमुख एक जना, गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष चार जना तथा वडा अध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि आइतबार मतदान भएको हो । उपनिर्वाचनमा राजनीतिक दलका २७४ जना र स्वतन्त्र १०२ जना गरी जम्मा ३७६ जना उम्मेदवार रहेको आयोगले जनाएको छ ।
आइतबार, १६ मङ्सिर २०८१, २३ : २३
काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तरगत जारी मतगणनाअनुसार आइतबार राति साढे ११ बजेसम्म ११ वटा वडाको अन्तिम मत परिणाम घोमषणा भएको छ । जसअनुसार नेपाली कांग्रेसले ६, एमालेले ३ तथा माओवादी केन्द्र र नेमकिपाले १–१ वटा वडा जितेका छन् ।
निर्वाचन आयोगका अनुसार कालीकोटको तिलागुफा नगरपालिका–४ मा नेमकिपाका खड्गराज शाही विजयी भएका छन् । यसैगरी ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा एमालेका गंगाबहादुर तामाङ, रौतहटको इशनाथ गाउँपालिका–७ मा कांग्रेसका शेख अब्दुल खलिक, महोत्तहरीको रामगोपालपुर नगरपालिका–२ मा एमालेका ककिवल खाँ निर्वाचत भएका छन् ।
यसैगरी गोरखाको गोरखा नगरपालिका–५ मा माओवादी केन्द्रका विष्णु बहादुर मगर, रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा कांग्रेसका मोतीराम खत्री, दैलेखको दुल्लु नगरपालिका–१३ मा एमालेका लालबहादुर शाही, जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसका खम्बबहादुर सिंह, डोटीको पूर्वीचौकी गाउँपालिका ६ मा कांग्रेसका मोहन थापा र दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा कांग्रेसकै धनसिंह कुँवर निर्वाचित भएका छन् । यसैगरी रुकुम पूर्वको पुथा उत्तरगंगा २ मा माओवादीका जगत धर्ती यसअघि नै निर्वाचित भएका थिए ।
आइतबार, १६ मङ्सिर २०८१, २३ : १९
काठमाडौँ । कन्काई नगरपालिका–६ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । चापाकल चुनाव चिह्न पाएका स्वतन्त्र उम्मेदवार लक्ष्मी प्रसाद ओलीले ४९३ मतसहित जित हात पारेका हुन् ।
नेकपा एमालेका तुलाराम बस्नेतले ३५६ मत ल्याउँदै दोस्रो स्थानमा रहे । नेपाली कांग्रेसका रामगोपाल ओलीले ३१७ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेश बहादुर थापाले २७७ मत ल्याए । मंगोल नेसनल अर्गनाइजेसनका पदमबहादुर तामाङले २० मत पाए भने राप्रपाका नारायण प्रसाद निरौलाले २९ मत पाए ।
जनमत पार्टीका शुकलाल राजवंशीले ९ मत ल्याएका छन् । नागरिक उन्मुक्ति पार्टीकी जमुना राजवंशीले ६ मत ल्याइन् ।
आइतबार, १६ मङ्सिर २०८१, २३ : ०२
काठमाडौँ । कन्काई नगरपालिका–६ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारले अग्रता बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार चापाकल चुनाव चिह्न पाएका स्वतन्त्र उम्मेदवार लक्ष्मी प्रसाद ओलीले ३२६ मतसहित अग्रता बनाइरहेका छन् ।
नेकपा एमालेका तुलाराम बस्नेतले २३२ मत ल्याउँदै उनलाई पछ्याइरहेका छन् । नेपाली कांग्रेसका रामगोपाल ओलीले २ १८ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेश बहादुर थापाले १७५ मत ल्याएका छन् ।
मंगोल नेसनल अर्गनाइजेसनका पदमबहादुर तामाङले १५ मत पाएका छन् । राप्रपाका नारायण प्रसाद निरौलाले १७ मत तथा जनमत पार्टीका शुकलाल राजवंशीले ८ मत ल्याएका छन् । नागरिक उन्मुक्ति पार्टीकी जमुना राजवंशीले ३ मत ल्याएकी छन् ।
आइतबार, १६ मङ्सिर २०८१, २३ : ००
काठमाडौँ । ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार गंगाबहादुर तामाङ ३९९ मतसहित विजयी भएका हुन् ।
उनका निकतम प्रतिद्वन्द्वी कांग्रेसका घनश्याम दाहालले १७७ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुप्रसाद पोखरेलले १५१ मत ल्याएका छन् ।
आइतबार, १६ मङ्सिर २०८१, २२ : ५०
काठमाडौँ । कीर्तिपुर नगरपालिकाको मतगणना सुरू भएको छ । केहीबेर अघि मतगणना सुरु भएको सहायक निर्वाचन अधिकृत पुरूषोतम पौडेलले जानकारी दिए ।
आइतबार, १६ मङ्सिर २०८१, २२ : ४७
काठमाडौँ । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा एमाले विजयी भएको छ । एमालेका सकिवुल खाँ ६३१ मत ल्याउँदै विजयी भएका हुन् ।
दोस्रो स्थानमा नेकपा माओवादी केन्द्र रह्यो । माओवादी उम्मेदवार आइती कुमार यादवले ५३४ मत प्राप्त गरिन् । कांग्रेस उम्मेदवार मोहम्मद जनिफ खाँले २८४ मत पाए ।
आइतबार, १६ मङ्सिर २०८१, २२ : ४४
काठमाडौँ । सुनसरीको गढी गाउँपालिका–६ मा भएको वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार तेतर साहुले ३७६ मत ल्याउँदै अग्रता बनाएका छन् । नेकपा एमालेका शन्तु उराव ३६० मतसहित दोस्रो स्थानमा रहेको छ ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवार ३५३ मतसहित तेस्रो स्थानमा छन् । राप्रपाकी कविता कुमारी उरावले ४९ मत प्राप्त गरेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका शशिकुमार साहुले १८ मत तथा जनमत पार्टीका सीताराम यादवले १४ मत पाएका छन् ।
आइतबार, १६ मङ्सिर २०८१, २२ : ४१
विराटनगर । स्थानीय तह अन्तर्गत आइतबार सम्पन्न मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा मतगणना सुरु भएको छ।
सर्वदलीय बैठकपछि राति १०: ३० बजेबाट मतगणना सुरु भएको हो । आज सम्पन्न भएको मतदानमा ७१ प्रतिशत मतदान भएको छ । सहायक निर्वाचन अधिकृतका रामराजा पौडेलका अनुसार तोकिएको समय अबधिभित्र १८ हजार ५७७ जनाले मतदान गरेका हुन् ।
ग्रामथानमा २६ हजार ४४ मतदाता रहेका थिए । १२ मतदान स्थलका २९ मतदान केन्द्रमा भएको मतदानमा ७१.३३ प्रतिशत मतदान भएको हो । आइतबार विहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ
आइतबार, १६ मङ्सिर २०८१, २२ : ३७
सुर्खेत । दैलेखको दुल्लू नगरपालिका–१३ मा नेकपा एमालेका लालबहादुर शाही विजयी भएका छन् । उनी ५७४ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कांग्रेसबाट रेशम बहादुर शाहीले ५७१ मत ल्याएका छन् भने माओवादीबाट ढकेन्द्र शाहीले २७८ मत मात्रै ल्याए । यहाँ रास्वपाले ५३, नेमकिपाले ४, राप्रपाले १३ र ३३ मत बदर भएका छन् ।
यहाँ यसअघि एमालेका बिर्खबहादुर शाही ८२२ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका डम्बर शाहीले ७७३ मत पाएका थिए । निर्वाचित भएका शाहीको ब्रेन ट्युमरका कारण ०८० माघमा मृत्यु भयो । पुनः एमालेले आफ्नो ठाउँ सुरक्षित राख्न सफल भएको छ ।
आइतबार, १६ मङ्सिर २०८१, २२ : ३५
काठमाडौँ । गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा माओवादी विजयी भएको छ । नेकपा माओवादी केन्द्रका विष्णुबहादुर मगर ४ सय ८६ मत ल्याउँदै विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भाईकाजी आलेले ४ सय २ मत ल्याए । नेकपा एमालेकी दुर्गा माया थापा रानाले ३ सय ४५ मत प्राप्त गरिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मंगलबहादुर थापाले ८२ मत प्राप्त गरे ।
आइतबार, १६ मङ्सिर २०८१, २२ : ३१
काठमाडौँ । कन्काई नगरपालिका–६ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारले अग्रता बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार चापाकल चुनाव चिह्न पाएका स्वतन्त्र उम्मेदवार लक्ष्मी प्रसाद ओलीले १६४ मतसहित अग्रता बनाइरहेका छन् ।
नेकपा एमालेका तुलाराम बस्नेतले १ सय २५ मत ल्याउँदै उनलाई पछ्याइरहेका छन् । नेपाली कांग्रेसका रामगोपाल ओलीले १ सय ४ मत ल्याएका छन् ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेश बहादुर थापाले ८५ मत ल्याएका छन् । मंगोल नेसनल अर्गनाइजेसनका पदमबहादुर तामाङले ९ मत पाएका छन् । राप्रपाका नारायण प्रसाद निरौलाले ७ मत तथा जनमत पार्टीका शुकलाल राजवंशीले ३ मत ल्याएका छन् ।
आइतबार, १६ मङ्सिर २०८१, २२ : २९
काठमाडौँ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले सुरुवाती अग्रता बनाएको छ ।
एमालेकी उम्मेदवार कुमार सावादेनले ११९ मत साथ अग्रता बनाएकी हुन् । निकटम प्रतिद्वन्द्वी कांग्रेसका भीमकुमार लक्सम्वाले ८७ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेकपा माओवादी केन्द्रका अम्वी साउदेनले ७२ मत पाएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बुले २० तथा राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेलले ३ मत मात्र प्राप्त गरेका छन् ।
आइतबार, १६ मङ्सिर २०८१, २२ : २६
रौतहट । रौतहटको इशनाथ नगरपालिका वडा नं मा ७ मा कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार खलिक ६२७ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी माओवादीका शेख अनवरले ५७५ मत ल्याएका छन् ।
आइतबार, १६ मङ्सिर २०८१, २२ : २३
महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को मतगणनामा नेकपा एमालेका उम्मेदवार सकीबुल खानले अग्रता लिएका छन् । खानले ३८९ मत ल्याउँदा माओवादी केन्द्रकी उम्मेदवार आइतीकुमारी यादवले ३०३ मतसहित पच्छ्याइरहेकी छन् ।
त्यस्तै नेपाली कांग्रेसका जनीफ खान १६४ मतसहित तेश्रो स्थानमा रहेका छन् भने जसपाका नजामुद्धिन खान २६ मतसहित चौथो स्थानमा छन् ।
आइतबार, १६ मङ्सिर २०८१, २१ : ५६
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ६ को मतगणना सुरू भएको छ। केहीबेरअघि मतगण्ना सुरु भएको हो ।
अहिले मतगणना जारी रहेको छ ।
आइतबार, १६ मङ्सिर २०८१, २१ : ४९
काठमाडौँ । तत्कालीन माओवादी जनयुद्धको आधार इलाकाका मानिएको रुकुम र रोल्पाका वडा तहमा भएको स्थानीय तह उपनिर्वाचनमा माओवादी पराजित भएको छ ।
आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको प्राप्त नतिजाअनुसार रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं ५ मा कांग्रेसका उम्मेदवार विजयी भए । निर्वाचन आयोगका अनुसार कांग्रेसका उम्मेदवार मोतीराम खत्री ५९० मतका साथ विजयी बन्दा माओवादी केन्द्रका जसिराम बस्नेत ५३७ मत ल्याएर पराजित भए ।
यसैगरी रोल्पाको रुन्टिगढी गाउँपालिकाको वडा नम्बर ४ को अध्यक्षमा पनि नेपाली कांग्रेसका उम्मेदवार भुपमणि पुन विजयी भए । पुन ६३४ मत ल्याएर विजयी भएका हुन् । त्यहाँ नेकपा एमालेले ३५ मत ल्याएको छ भने नेकपा माओवादी केन्द्रले जम्मा ७० मतमात्र ल्याएको छ ।
आइतबार, १६ मङ्सिर २०८१, २१ : ४५
काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको नतिजाअनुसार रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं ५ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
निर्वाचन आयोगका अनुसार कांग्रेसका उम्मेदवार मोतीराम खत्री ५९० मतका साथ विजयी भएका हुन् । यस्तै माओवादी केन्द्रका जसिराम बस्नेत ५३७ मत ल्याएर पराजित भए ।
माओवादीको प्रभाव क्षेत्र मानिने भएपनि सो स्थानमा सोही पार्टी पराजित बनेको हो ।
आइतबार, १६ मङ्सिर २०८१, २१ : ४२
सुर्खेत । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ को वडाअध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ । कांगेसका मोतिराम खत्रीले ५९० मत ल्याएर निर्वाचित भएका हुन् ।
१ हजार १४६ खसेको मतमध्ये १९ मत बदर भएका थिए । यहाँ यसअघि पनि कांग्रेसले नै जितेको थियो ।
आइतबार, १६ मङ्सिर २०८१, २१ : ४२
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १२ मा आइतबार भएको स्थानीय तह उपनिर्वाचनको मतगणना कार्य सुरु भएको छ । हेटौडा २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको सभाहलमा मतगणना कार्य सुरु गरिएको हो ।
राति ९ बजेदेखि सुरु गर्ने भनिएको मतगणना कार्य व्यवस्थापनका कारण आधा घण्टा ढिला गरी सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । एक वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा ५ हजार ४८४ मत खसेको थियो ।
आइतबार, १६ मङ्सिर २०८१, २१ : ३७
सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका–७, को वडाअध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट खम्बबहादुर सिंह ३४७ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
सिंहले आफ्ना प्रतिद्धन्द्धी नेकपा (माओवादी केन्द्र) का गोरखबहादुर नेपालीलाई १५ मतान्तरले पराजित गरे । नेपालीले ३३२ मत ल्याएका छन् । यस्तै एमालेबाट डम्बरबहादुर घर्तीले २५२ मत ल्याएका छन् ।
यहाँ ९५६ मत खसेको थियो । एक्लाएक्लै चुनावी मैदानमा दलहरु रहँदा यसअघि ०७९ मा यहाँ माओवादी केन्द्रका मनबहादुर घर्ती ३८० मत पाएर विजयी भएका थिए ।
आइतबार, १६ मङ्सिर २०८१, २१ : ३७
काठमाडाैँ । ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिका वडानम्बर ५ मा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।
एमाले उम्मेदवार गंगाबहादुर तामाङ कांग्रेस उम्मेदवार घनश्याम दाहाललाई पराजित गर्दै निर्वाचित भएका हुन् । यद्यपि निर्वाचन अधिकृतले औपचारिक घोषणा हुन बाँकी रहेको बताएका छन् ।
वडामा १२ सयभन्दा बढी मतदाता रहेकोमा ७६८ मतमात्र खसेको थियो ।
आइतबार, १६ मङ्सिर २०८१, २१ : १८
दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका उम्मेदवार धन सिंह कुँवरले ३७६ मतका साथ विजय हासिल गरेका हुन् । निकटमत प्रतिस्पर्धी एमालेका मान सिँह बडालले ३५८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै तेस्रो स्थानमा माअोवादी केन्द्रका उम्मेदवार वीर सिह कार्की रहे । उनले जम्मा ९८ मत पाए ।
आइतबार, १६ मङ्सिर २०८१, २१ : १७
बुटवल । रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा नेपाली कांग्रेसका उम्मेदवार भुपमणी पुन मगर विजयी भएका छन् । आइतबार भएको स्थानीय तह उपनिर्वाचनको सार्वजनिक मतपरिणाम अनुसार उनले ६४३ मत ल्याएर विजयी भएका हुन् ।
नेकपा एमालेका वेगम पुनले ५३५ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।
यस्तै नेकपा माओवादीका नरेशजंग सिंहले ७० मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका पहल बहादुर वलीले १० मत प्राप्त गरेका छन् ।
आइतबार, १६ मङ्सिर २०८१, २१ : ०२
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि आइतबार भएको निर्वाचनको मतगणना राती १० बजेदेखि सुरु हुने भएको छ ।
८ बजे बसेको सर्वदलीय बैठकले १० बजेदेखि मतगणना गर्ने सहमति गरेको हो । उक्त पालिकामा १८ हजार ५७७ मत खसेको छ । ग्रामथानमा २६ हजार ४४ मतदाता थिए ।
आइतबार, १६ मङ्सिर २०८१, २० : ५१
काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तरगत गोरखा नगरपालिका वडा नम्बर ५ को मतगणना जारी रहेको छ ।
ताजा मतपरिणामअनुसार कांग्रेसका भाइकाजी आलेले १०२, माओवादीका विष्णु रानाले ९६ र एमालेकी दुर्गा मगर ७९ मत पाएका छन् ।
यसैगरी रास्वपाका मंगलबहादुर थापा १३ मत ल्याएर गणना जारी रहेको छ ।
आइतबार, १६ मङ्सिर २०८१, २० : ४८
काठमाडौँ । जाजरकोटको कुशे गाउँपालिका–७ मा मतगणना जारी छ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसले दुई मतले अग्रता कायम गरेको छ । सुरुवाती अग्रता कायम गरेको कांग्रेसले बिचमा भने नेकपा माओवादी केन्द्रका उम्मेदवार भन्दा पछाडि परेको थियो ।
कुशे गाउँपालिका–७ को ८०३ मत गणना गर्दा कांग्रेसले २८८, माओवादी केन्द्रले २८६, एमालेले २०८ र राप्रपाले ७ मत ल्याएको छ ।
आइतबार, १६ मङ्सिर २०८१, २० : ४२
रुकुमपूर्व । भौगोलिक विकटताले ठगिएको लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वकाे पुथा उत्तरगंगा गाउँपालिकाको विभिन्न वडामा अझै सडक पुग्न सकेको छैन । वडा नम्बर-२ पेल्मादेखि नागरिकलाई पालिकाको केन्द्रसम्म पुग्न ६ घण्टा पैदल र वडा नम्बर-५ हुकामदेखि करिब तीन घण्टा गाडीको यात्रा गर्नुपर्छ।
आइतबार बिहान ७ बजे देखि सुरु भएको मतदान साँझ ५ सकिएको हो । निर्वाचन कार्यालय रुकुमपूर्वका सहायक निर्वाचन अधिकृत ईश्वरीप्रसाद सुवेदीका अनुसार ५ हजार नौ सय ३१ मत खसेको छ ।
यता वडा नम्बर २ पेल्मादेखि तीन वटै निकायकाे सुरक्षाकर्मीको निगरानीमा साँझ ६ बजे मतपेटिका लिएर पैदल हिँडेको सुवेदीले जानकारी दिए । राति ३ बजेसम्म सकेसम्म सबै मतपेटिका पालिकाको केन्द्र तकमा पुग्ने र सबै मतपेटिका पुगे पश्चात् भोलि बिहान ७ बजे सर्वदलीय बैठक बस्ने र सोमबार बिहान १० बजेदेखि मत गणना हुने जानकारी दिए ।
आइतबार, १६ मङ्सिर २०८१, २० : २९
काठमाडौँ । कीर्तिपुर नगरपालिकामा आइतबार राति १० बजेदेखि मतगणना हुने भएको छ । केहीबेरअघि सम्पन्न सर्वदलीय बैठकले राति १० बजेबाट मतगणना गर्ने निर्णय गरेको सहायक निर्वाचन अधिकृत पुरूषोतम पौडेलले जानकारी दिए ।
आइतबार, १६ मङ्सिर २०८१, २० : २५
काठमाडौँ । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा भएको मतगणनामा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।
तीन सय मत गन्दा नेकपा एमालेका उम्मेदवार गंगाबहादुर तामाङले १ सय ५३मत प्राप्त गर्दै अग्रता लिएका हुन् ।
दोस्रो नेपाली कांग्रेसका उम्मेदवार घनश्याम दाहालले ७० मत प्राप्त गरेका छन् ।
आइतबार, १६ मङ्सिर २०८१, २० : २२
काठमाडौँ । जाजरकोटको कुशे गाउँपालिका–७ मा मतगणना जारी छ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको जारी मतगणनामा नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको हो ।
सुरुवाती अग्रता बनाएका नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पार्दै माओवादीका उम्मेदवारले अग्रता कायम गरेका हुन् । यहाँ माओवादी केन्द्रले २२२ मत ल्याएको छ । यस्तै कांग्रेसले २१६, नेकपा एमालेले १५० मत ल्याएको छ । राप्रपाले ५ मत ल्याउँदा १० मत बदर भएका छन् ।
आइतबार, १६ मङ्सिर २०८१, २० : १४
काठमाडौँ । कोलीकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जम्मा ५ मत पाएको छ ।
आइतबार राति प्राप्त अन्तिम मतपरिणामअनुसार रास्वपाका गगन बमले जम्मा ५ मत पाएका हुन् ।
सो स्थानमा नेमकिपाका खड्गराज शाहीले १४३ मतका साथ विजय हासिल गरे भने दोस्रो स्थानमा माओवादी केन्द्रकी नैसोभा शाहीले ११५ मत पाइन् । सो स्थानमा यसअघि माओवादी केन्द्रको उम्मेदवार विजयी भएकोमा अहिले नेमकिपा विजयी भएको हो ।
आइतबार, १६ मङ्सिर २०८१, २० : १२
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को मत गणना राती ९ बजेदेखि गरिने भएको छ । एक वडा अध्यक्ष पदका लागि भएको मतदानको राति ९ बजेदेखि मतगणना गरिने भएको हो ।
आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म भएको मतदानको मतगणना राति ९ बजेदेखि गर्ने निर्णय गरिएको प्रदेश निर्वाचन कार्यालय मकवानपुरका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । आइतबार साँझ बसेको सर्वदलीय बैठकले मतगणना कार्य राति ९ बजेबाट सुरु गर्ने निर्णय गरेको उनले बताए । हेटौंडास्थित सिद्धार्थ माध्यमिक विद्यालयको सवालमा मतगणना गरिने छ ।
उनका अनुसार पहिलो चरणमा एक स्थानमा मतगणना सुरु गरिने छ । बैठकले दुई चरणमा मतगणना गर्ने निर्णय गरेको छ । पहिलो चरणमा प्रतिभा आधारभूत विद्यालयको ३ वटा मतपेटिका र विष्णुज्योति आधारभूत विद्यालयको २ वटा मतपेटिका खोलेर मत गणना सुरु गर्ने र दोस्रो चरणमा बाँकी २/२ वटा मतपेटिका गणना गरिने बैठकले निर्णय गरेको छ । बैठकले मतगणना स्थलमा उम्मेदवार बाहेकले मोबाइल फोन नबोक्ने निर्णय गरेको छ ।
आइतबार, १६ मङ्सिर २०८१, २० : ०७
काठमाडौँ । जाजरकोटको कुशे गाउँपालिका–७ मा मतगणना जारी छ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको जारी मतगणनामा कांग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।
४०३ मत गणना गर्दा कांग्रेसले १६०, नेकपा माओवादीले १३८ र नेकपा एमालेले ९३ मत ल्याएका छन् ।
यस्तै राप्रपाले ५ मत ल्याउँदा ७ मत बदर भएका छन् ।
आइतबार, १६ मङ्सिर २०८१, १९ : ५९
काठमाडौँ । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा भएको मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ । २ सय मतगणना गर्दा जसमा नेकपा एमालेका उम्मेदवार गंगाबहादुर तामाङले १ सय ७ मत प्राप्त गर्दै अग्रता लिएका हुन् ।
त्यस्तै, दोस्रो नेपाली कांग्रेसका उम्मेदवार घनश्याम दाहालले ४६ मत प्राप्त गरेका छन् ।
त्यस्तै रास्वपा उम्मेदवार विष्णु प्रसाद पोखरेलले ३६ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार मान बहादुर सुनुवारले ७ मत प्राप्त गरेका छन् ।
आइतबार, १६ मङ्सिर २०८१, १९ : ५६
विराटनगर । कोशी प्रदेशका विभिन्न सात जिल्लाका आठ वटा स्थानीय तहमा शान्तिपूर्ण रूपमा मतदान भएको छ । प्रदेशभित्र एक गाउँपालिका अध्यक्ष र सात वडाध्यक्ष पदका लागि निर्वाचन भएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मतदानका क्रममा काहीँ पनि कुनै अप्रिय घटना भएनन् ।
मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदमा, ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३, झापाको कनकाई नगरपालिका–६, तेह्रथुमको लालीगुराँस नगरपालिका–८, सुनसरीको गढी गाउँपालिका–६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ साथै उदयपुरको त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९ मा वडाध्यक्ष पदका लागि निर्वाचन सम्पन्न भएको हो ।
आइतबार, १६ मङ्सिर २०८१, १९ : ४८
काठमाडौँ । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा नेकपा एमालेले अग्रता कायम गरेको छ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको जारी मतगणनामा एमालेले सुरुवाती अग्रता कायम गरेको हो ।
दुई सय मतगणना गर्दा एमालेका उम्मेदवारले १०७, कांग्रेसका उम्मेदवारले ४६, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३७ र माओवादी केन्द्रले ७ मत ल्याएको छ ।
आइतबार, १६ मङ्सिर २०८१, १९ : ४३
काठमाडौँ । जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसको सुरुवाती अग्रता कायम गरेको छ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको जारी मतगणनामा कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता कायम गरेका हुन् ।
दुई सय मतगणना हुँदा कांग्रेसले ७७, नेकपा माओवादी केन्द्रले ७०, नेकपा एमालेले ४८ र राप्रपाले ३ मत ल्याएको छ ।
आइतबार, १६ मङ्सिर २०८१, १९ : ३९
सुर्खेत । कालिकोटको तिलागुफा नगरपालिका–४ को वडा अध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खड्कराज शाही निर्वाचित भएका छन् ।
उनी १४३ मत ल्याएर वडाध्यक्षमा विजयी भएको कालिकोटका निमित्त जिल्ला निर्वाचन अधिकारी धनबहादुर मल्लले रातोपाटीलाई जानकारी दिए ।
यहाँ एकीकृत समाजवादीको साथ पाएको माओवादीका नैशोभा शाहीले ११५, एमालेबाट ऐनबहादुर शाहीले ७८, कांग्रेसबाट पैलन बहादुर शाहीले ४९ मत पाएका छन् ।
आइतबार, १६ मङ्सिर २०८१, १९ : २१
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनको मतदान कार्य आइतबार शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा २ लाख २६ हजार ७९९ मतदाता रहेकोमा हालसम्मको प्राप्त विवरण अनुसार करिब ६२ प्रतिशत मतदान भएको छ।
दिनभर के–के भए सम्पूर्ण अपडेट यो लिंकबाट हेर्नुहोस्ः