बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
चीन भ्रमण

प्रधानमन्त्री ओलीसँगै चीन जाने यी हुन् ४३ जना

आइतबार, १६ मङ्सिर २०८१, १९ : ०६
आइतबार, १६ मङ्सिर २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सोमवार चीन भ्रमणमा जाँदैछन् । उनी मंसिर २० गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली चीन जान र स्वदेश फर्किन हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरिएको छ । सो विमानमा ओलीसहित भ्रमण टोलीका ४४ जना चीन जाने छन् ।

ओलीसँगै जाने भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार डा.युवराज खतिवडा, मुख्यसचिव एकनारायण आर्याल, परराष्ट्र मन्त्रालयका मार्यादापालक प्रमुख विष्णु प्रसाद गौतम, प्रधानमन्त्रीका एडीसी दिवाकर खड्का छन् ।

प्रधानमन्त्री ओलीसँगै विमानमा सांसदहरू अर्जुन नरसिंह केसी, श्यामकुमार घिमिरे, लिलानाथ श्रेष्ठ, विजुला रायमाझी, रेखा शर्मा, विरेन्द्र महतो, दीपक कार्की, सर्वेन्द्रनाथ शुक्ला, रञ्जिता श्रेष्ठ, अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र परराष्ट्रमन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई पनि रहने बताइएको छ ।

नेपाल लगानी बोर्डका कार्यकारी प्रमुख सुशिल ज्ञवाली, प्रधानमन्त्री ओलीका निजी डाक्टर दिव्या सिंह शाह, मदन मण्डारी युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीका प्रोफेसर पदमसुन्दर जोशी, प्रधानमन्त्री ओलीका निजी सचिव राजेश बज्रचार्य, परराष्ट्र मन्त्रालयका उत्तरपूर्व एसिया विभागका सहसचिव कृष्णप्रसाद ढकाल, उत्तरपूर्व एसिया विभागका उपसचिव मणिरत्न शर्मा, प्रधानमन्त्रीका निजी उपसचिव उदय पोखरेल र कमल रावल, परराष्ट्र मन्त्रालयका मर्यादापालक कर्मचारी रिचा भट्टराई पनि प्रधानमन्त्री ओली चढेकै विमानबाट चीन जाने भएका छन् ।

त्यस्तै, परराष्ट्रकै उत्तरपूर्व एसिया डिभिजन हेर्ने सेक्सन अफिसरहरू जानकी ओझा, सुजन लामिछाने, मार्यादापालक विनोद खनाल, प्रधानमन्त्री ओलीका निजी सचिवालयका जयश्री शाक्य, परराष्ट्रमन्त्री आरजुका निजी सचिव अनिता सिंह, प्रधानमन्त्री ओलीका सुरक्षा अधिकारी माधव केसी, राससका पत्रकार प्रकाश सिलवाल, नेपाल टेलिभिजनका क्यामरा पर्सन प्रधुमन ढुंगेल, प्रधानमन्त्रीका निजी फोटोग्राफर आशिष पौडेल पनि सोही विमानबाट चीन जानेछन् ।

सीएनआइका अध्यक्ष राजेश अग्रवाल, एनसीसीका अध्यक्ष कमलेश अग्रवाल, एफएनसीसीआइका अध्यक्ष चन्द्र ढकाल, स्वतन्त्र ऊर्जा उत्पादन संघका अध्यक्ष गणेश कार्की, नेपाल अटोमोबाइल डिलर संघका अध्यक्ष करना चौधरी, आयात गर्ने उद्यमी महासंघका अध्यक्ष शंकर प्रसाद पाण्डे र साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंह पनि प्रधानमन्त्री ओलीकै साथमा जाने बताइएको छ ।

चीन भ्रमणमा जाँदा प्रधानमन्त्री सवार विमानमा प्रधानमन्त्री ओलीसहित भ्रमण दलका ४४ सदस्य रहने भए पनि फर्कने क्रममा भने ४६ जना सोही विमानबाट आउने जनाइएको छ ।

मर्यादापालकका एक जना कर्मचारी प्रविण भट्टराई र नेपाल आर्मीका मेजर दिनेश न्यौपाने चीनबाट फर्किंदा प्रधानमन्त्री ओली कै विमानबाट आउने भएका छन् । हाल उनीहरू चीन मै छन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमण दलमा ८७ जना रहने छन् । त्यसमध्ये केही व्यापारीसहितका टोली व्यावसायिक उडानमार्फत आइतबार नै चीन प्रस्थान गरिसकेका छन् । प्रधानमन्त्री ओलीसहित ४४ जना चार्टर्ड विमानबाट सोमबार बिहान चीन प्रस्थान गर्नेछन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीका लागि नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र दूतावासका प्रवक्ता यु फङछनसहितको टोली शनिबार नै चीन पुगिसकेको छ ।

परराष्ट्रमन्त्री आरजु राणा देउवा प्रधानमन्त्री ओलीकै भ्रमणको तयारीका लागि मंसिर १३ गते चीन गएर १५ गते स्वदेश फर्किसकेकी छन् । उनी सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जानेछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप