राखेपद्वारा स्पोर्टस फर फ्यूचर कार्यक्रमको सुरुवात
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ९ देखि १२ वर्ष उमेरसूहका बालबालिकालाई खेलप्रति आकर्षित गर्नुका साथै भविष्यका सफल खेलाडी बनाउने आधार तयार गर्न सातै प्रदेशमा एन्थ्रोपोमेट्रिक टेस्ट गर्ने भएको छ । नेपाली खेलकुदको इतिहासमै पहिलोपटक एन्थ्रोपोमेट्रिक टेस्ट मार्फत खेलाडी छनौट हुन लागेको हो ।
आठ वर्षे योजना अनुसार स्पोर्टस फर फ्यूचर (क्ँँ) कार्यक्रमका सुरुवात गरेको हो । ओलम्पिक सम्मको सहभागितालाई लक्ष्य राखी शारीरिक बनौट र क्षमताको परीक्षण मार्फत खेलाडी छनौट कार्यक्रम सुरुवात गरिएको परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताए। एन्थ्रोपोमेट्रिक टेस्ट कोशी प्रदेशको इलाममा मङ्सिर १८–१९ र विराटनगरमा मङ्सिर २१–२२, मधेस प्रदेशको धनुषामा मङ्सिर २४–२५ र वीरगन्जमा मङ्सिर २७–२८, बागमती प्रदेशको भक्तपुरमा मङ्सिर ३०–पुस १ र चितवनमा पुस ३–४ तथा गण्डकी प्रदेशको पोखरामा पुस ६–७ र म्याग्दीमा पुस ९–१० गतेसम्म हुनेछ ।
सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा मङ्सिर १८–१९ र टीकापुरमा मङ्सिर २१–२२, कर्णाली प्रदेशको सुर्खेतमा मङ्सिर २६–२७ र सल्यानमा मङ्सिर २९–३० तथा लुम्बिनी प्रदेशको बर्दियामा मङ्सिर २३–२४ र दाङको बेल्झुण्डीमा पुस २–३ गतेसम्म सञ्चालन हुनेछ ।
सातै प्रदेशबाट समान १०–१० उत्कृष्ट बालबालिका छनोट गरी पहिलो वर्ष सामान्य तालिममा समावेश गरिने छ । पहिलो वर्ष बालबालिकालाई मोटर सीपहरू जस्तै गति, बल, समन्वय, लचकता र सहनशीलतामा सुधार ल्याउने उद्देश्यसहित सामान्य शारीरिक विकासमा ध्यान दिइने छ ।
दोस्रो वर्ष बालबालिकाको शारीरिक संरचना, मोटर सीप विकास र व्यक्तिगत चासोको आधारमा उनीहरूलाई विशेष खेलमा खेलकुद विज्ञानमा आधारित रहेर प्रशिक्षण दिने तथा खेल विज्ञानको सहायतामा पोषण, मनोविज्ञान र रिकभरी रणनीति बारे प्रशिक्षण प्रदान गरिने छ । एक ओलम्पिक चक्र पश्चात पनि सम्बन्धित खेलको क्षमता प्रदर्शनमा सुधार नआएको खण्डमा खेलाडीलाई निरन्तरता दिइने छैन ।
राखेपले छनोट भएका बालबालिकालाई आवास, अध्ययन, दैनिक खेलकुद तालिम, पोषण र स्वास्थ्य सेवा, खेल मनोवैज्ञानिक र फिजियोथेरापिस्ट सहायता र चोटपटक रोकथाम रणनीति सम्बन्धी सेवा उपलब्ध गराउने छ ।
एन्थ्रोपोमेट्रिक टेस्टका लागि राखेपले नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को टोलीलाई परिचालन गर्ने छ । कोशी, मधेस, बागमती र गण्डकीमा सानका निर्देशक कृष्ण तिमिल्सिनाको नेतृत्वमा राजेन्द्ररत्न तुलाधर र शिवराज भट्ट खटिने छन् । बाँकी प्रदेशमा सुलोचना सिजख्वा, कुमारी हिरा पन्त र रितामैया प्रजापति जाने छन् ।
छनोट भएका बालबालिकाको अन्तिम नामावली २०८१ साल पुस २९ गते प्रकाशित गरिने छ भने नियमित प्रशिक्षण २०८२ साल वैशाख २ गतेदेखि प्रारम्भ हुनेछ ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले सन् २०३२ को ओलम्पिकमा पदक जित्ने रणनीतिक तयारी अनुरुप कार्यक्रम सञ्चालन गर्न लागिएको बताउँदै नेपाली खेलकुदमा वैज्ञानिक प्रशिक्षणलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिए । १९औँ एसियाड पछि मिसन २०२६ सुरुवात गरेको राखेपले ओलम्पिक लगत्तै नयाँ कार्यक्रम सुरुवात गरेको हो ।
‘गत वर्ष पनि हामीले केही स्थानमा यो कार्यक्रम सञ्चालन गरेका थियौँ । त्यही कार्यक्रमको मूल्याङ्कनका आधारमा स्पोर्टस फर फ्यूचर कार्यक्रम (क्ँँ) सुरु गरिएको हो । रणनीतिक तयारी अन्तर्गत हामी अगाडि बढेका हौँ,’ सदस्य–सचिव घिसिङले भने, ‘यो कार्यक्रम मार्फत छनोट भएका बालबालिकालाई खेलकुद विज्ञानमा आधारित रहेर प्रशिक्षण दिँदै सन् २०३२ को ओलम्पिकमा पदक जित्ने हाम्रो दुरगामी लक्ष्य हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा आशा जगाउने काम गरिरहेका छौँ : उपप्रधानमन्त्री सिंह
-
आशिका तामाङलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
-
पोखरेलका पूर्व स्वकीय सचिव अनिलविरुद्ध अदालतमा मुद्दा दर्ता
-
टीआरसी ऐनमा संवैधानिक इजलासले उठायो प्रश्न, अग्राधिकार दिँदै लिखित जवाफ पेस गर्न आदेश
-
पेप्सीको नक्कली भ्याट बिल प्रकरण : उच्च अदालतको फैसला ‘त्रुटिपूर्ण’ भन्दै सर्वोच्च पुग्यो सरकार
-
सरकार, अख्तियार लगायत संवैधानिक निकायले टेरेनन् लेखा समितिलाई