सुदूरपश्चिममा ५७ प्रतिशत मतदान, सबैभन्दा धेरै बझाङमा

धनगढी । उपनिर्वाचन अन्तरगत सुदूरपश्चिम प्रदेशमा करिब ५७ प्रतिशत मतदान भएको छ । एक उपाध्यक्ष र चार वडाध्यक्षको लागि भएको निर्वाचनमा ५७ प्रतिशत मतदाताले मतदान गरेका हुन् ।
प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी भट्टका अनुसार बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा ७ हजार ४४० मतदाता रहेकोमा ३ हजार ९०३ जनाले मतदान गरेका छन् । जुन ५२ प्रतिशत मत खसेको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षका लागि ५ हजार ४३४ मतदाता मध्ये २ हजार ९९२ मतदान गरेका छन् ।
दार्चुलाको दुहु गाउँपालिका–५ मा १ हजार २७२ मतदाता रहेकोमा ८७७ मत खसेको छ ।
डोटीको पुर्वीचौकी गाउँपालिका–६ मा १ हजार ५९३ मध्ये ८३९ मत खसेको छ । भने, बझाङको सुर्मा गाउँपालिका–४ मा १ हजार ५५४ मध्ये १ हजार १७८ जनाले मतदान गरेका छन् । जुन सबैभन्दा बढी ७६ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
आज सुदूरपश्चिममा भएको निर्वाचनमा १७ हजार ३१३ मतदाता मध्ये ९ हजार ७८८ जनाले मतदान गरेका गरेका हुन् । कुल मतदाताको अवस्था अनुसार सबैभन्दा धेरै बझाङमा र थोरै बाजुरामा मत खसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाका दुर्गम गाउँमा टेलिकमको ‘फोरजी’ सञ्चालनमा
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?