शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कुटाकुटपछि प्रहरी चौकीमा मिल्यो ‘लालपुर्जा’ र ‘हाइलाइट’को विवाद

मङ्गलबार, ०८ जेठ २०७५, १५ : २०
मङ्गलबार, ०८ जेठ २०७५

काठमाडौं – चलचित्र ‘लालपुर्जा’को निर्माण युनिट र डिजिटल अधिकार खरिद कम्पनी हाइलाइट नेपालबीचको विवाद प्रहरीमा पुगेर मिलेको छ । मंगलबार पुलचोक स्थित प्रहरी वृतमा मिलापत्र गर्दै दुबै पक्षबीचको विवाद टुङ्ग्याइएको हो । 

सोमबार चलचित्रका निर्देशक निगम श्रेष्ठ, निर्माता विक्रम सिंह थारु लगायतका केही ब्यक्तिहरुले पुल्चोक स्थित कार्यलयमै पुगेर हाइलाइट नेपालका मालिक ओम गुरुङलाई हातपात गरेपछि उक्त विवाद प्रहरीमा पुगेको थियो । 

साँझको करिब पाँच बजे तिर निर्देशक निगम, निर्माता बिक्रम सिंह थारु लगायतका केही व्यक्तीहरुको समुहले आफुलाई कार्यलयमै आएर हातपात गरेको हाइलाइट नेपालमा मालिक ओम गुरुङले बताए ।

‘निर्माता निर्देशक सहित करिब ५,६ जनाको समुहले कार्यलयमै आएर म माथी हातपात गरे’ हाइलाइट नेपालका ओम गुरुङले भने ‘मेरो टाउको र हातमा चोट लागेको छ ।’ चलचित्र फ्लप भएको रिस निर्माण युनिटले आफूमाथि पोखेको गुरुङको भनाई रहेको छ ।  

यता चलचित्र ‘लालपुर्जा’का निर्माता बिक्रम सिंह थारुले भने हाइलाइट नेपालका ओम गुरुङसँग सामान्य विवाद भएको बताए । ‘प्रहरी चौकीले सोधपुछका लागि बोलाएकोले आफुहरु उपस्थित भएको हो’ उनले भने ‘त्यस्तो ठूलो केही भएको छैन ।’

यता गुरुङले भने पहिले पनि आफ्नो कार्यलयमा आएर यो युनिटले झगडा गरेको बताए । ‘पहिले म नभएको बेलामा यही केटाहरुले आएर कार्यलयमा झगडा गरेका थिए’ गुरुङले भने ‘अहिले पनि केही दिनमा बिदेश जाँदैछु । म नभएको समयमा फेरी झगडा नगर्लान् भन्ने के भर भयो र । त्यसैले अहिले प्रहरीमा सहमती गरेको हो ।

के थियो विवाद 

हाइलाइट नेपाल र चलचित्र ‘लालपूर्जा’ निर्माण युनिटबीच केही समय देखि आर्थिक लेनदेनको बिवाद रहँदै आएको थियो । ‘हाइलाइट नेपालले चलचित्रको डिजिटलसहित बिदेश राइट लिएको पैसा नदिएको कारण बिवाद चर्किएको चलचित्र युनिटका एक सदस्यले बताए ।

‘लालपुर्जा’ चलेन, यसको लगानी डुब्यो । पहिले माधव वाग्ले निर्माण युनिटसँग हुदाँ मैले चलचित्र पचास लाखमा किनेको थिए,’  ओम गुरुङले अगाडी भने ‘वाग्लेले हात झिकेपछि मैले ३५ लाखमा सहमति गरेको थिएँ ।’ अहिले आएर निर्माण युनिटले ५० लाख नै चाहिन्छ भनेर दाबी गरेपछि बिवाद आफुहरु बिच बिवाद भएको गुरुङले सुनाए । 

‘चौकीमा चलचित्रको बिषयमा आगामी दिनमा झगडा नगर्ने र डिजिटल राइट निर्माण युनिटले र बिदेश राइट हाइलाइटले लिने भन्ने समेत सहमति भएको गुरुङले जानकारी दिए । 

निर्माण समयको विवाद 

निर्माण घोषणा समयमा यस चलचित्रका निर्माताको रुपमा माधव वाग्ले, टेकेन खड्का र विक्रम सिंह थारु देखिएका थिए । निर्माण समयमा यी तीन निर्माताबीच विवाद चर्किएको थियो । निर्माता माधव वाग्ले विदेश रहेको समयमा अन्य निर्माण युनिटले एक कार्यक्रम गर्दै सम्झौता गरे अनुसार लगानी नगरेको भन्दै माधव वाग्लेलाई चलचित्रको निर्माताबाट हटाएको घोषणा गरे । वाग्ले बिदेशबाट फर्किए पछि त्यसको जवाफमा उनले पनि आफूले सम्झौता अनुसारको रकम उपलब्ध गराएको दाबी गरेका थिए । पछि, माधव वाग्ले आफूले लगानी गरेको रकम लिएर चलचित्रबाट बाहिरिएका थिए ।

‘लालपुर्जा’  

निगम श्रेष्ठ निर्देशित ‘लालपूर्जा’ मा मुख्य भूमिकामा सौगात मल्ल, मेनुका प्रधान, विपिन कार्की, हरिहर शर्मा, कामेश्वर चौरासिया, मिरुना मगर लगायतको अभिनय रहेको थियो । मधेसी र पहाडी मुलको कथा समेटिएको चलचित्र लमजुङमा छायाँकन गरिएको थियो । चलचित्रको कथा विक्रम सिंह र निर्देशक श्रेष्ठकै रहेको छ । चलचित्रले नेपाल प्रदर्शनमा भने राम्रो ब्यवसाय गर्न सकेन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप