टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
आइतबार, १६ मङ्सिर २०८१, १६ : २६
काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ जडीबुटीमा रोकिराखेको टिपरमा ठक्कर खाएर गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा वीरगञ्ज महानगरपालिका–१४ मुरलीबगैँचा घर भई काठमाडौँको काँडाघारी हात्तीडाँडा बस्ने ४५ वर्षीय सञ्जय सिंह रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
उनले भने, “जडीबुटीस्थित सडकमा रोकी राखेको बा४ख ६१८२ नम्बरको टिपरमा प्र ३–०२–००४ प ०२०५ नम्बरको मोटरसाइकल ठक्कर खाँदा गएराति निज मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।” दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमासेन्टर महाकालमा उपचारका क्रममा मृत्यु भएको हो । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको प्रवक्ता कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको व्याख्या : चार पुरुषले एक महिलामाथि एकै पटक करणी गर्नु सामूहिक बलात्कार
-
आलु, बन्दा, काउलीलगायतका तरकारीको थोक मूल्य सस्तियो (मूल्यसूचीसहित)
-
पुरैनी तालमा चराको सङ्ख्या घट्यो
-
डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई किन दिए चेतावनी ?
-
मुलुकको कूल व्यापार घाटा रु सात खर्ब २३ अर्ब
-
वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड