उपनिर्वाचन
एक घण्टा बाँकी रहँदा ६१ प्रतिशत मतदान
आइतबार, १६ मङ्सिर २०८१, १६ : १८

काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत मतदान गर्ने समय एक घण्टा मात्र बाँकी रहेको छ ।
आइतबार दिउँसो ४ बजेसम्म ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।
यो उपनिर्वाचनमा दुई लाख २६ हजार ७९९ मतदाता छन् । हालसम्म करिब १ लाख ३८ हजारभन्दा बढी मतदाताले मत खसालेको अर्यालले बताइन् । उनले अझै अपडेट हुने क्रम जारी रहेकाले यो संख्या बढ्न सक्ने बताइन् ।
स्थानीय तहमा रिक्त ४१ पदका निम्ति आज बिहान ७ बजेदेखि मतदान भएको हो । बेलुका ५ बजेसम्म मतदान हुनेछ ।
मतदान सकिएलगत्तै एउटा मतदान केन्द्र रहेका वडाहरूको मतगणना सुरु गर्ने तयारी रहेको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी