मधेसमा उपनिर्वाचन : दुई बजेसम्म ५७ प्रतिशत मतदान
वीरगन्ज । मधेस प्रदेशमा स्थानीय तह उपनिर्वाचनका लागि मतदान जारी छ । दिउँसो २ बजेसम्म ५७ प्रतिशत मतदान भइसकेको छ ।
आइतबार बिहान ७ देखि सुरु भएको मतदानमा २ बजेसम्म ५७ प्रतिशत मतदान भइसकेको मधेस प्रदेश प्रहरीको निर्वाचन सेलले जानकारी दिएको छ । उपनिर्वाचनमा ७ वटा वडाअध्यक्ष पदका लागि प्रदेशका ९६ जना उम्मेदवार मैदानमा छन् । प्रदेशको सप्तरी, धनुषा, महोत्तरी र रौटहटका ७ ठाउँमा उपनिर्वाचन हुँदैछ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर– १ र ४, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर वडा नम्बर– २ मतदान भइरहेको छ ।
यसैगरी रौतहटको इसनाथ नगरपालिका वडा नम्बर–७, राजपुर नगरपालिका वडा –६ र गढीमाई नगरपालिका वडा नम्बर–८ मा उपनिर्वाचन भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
यी ७ वटै स्थानमा वडाअध्यक्ष पदको लागि मात्र निर्वाचन भइरहेको मधेस प्रहरी निर्वाचन सेल एवं प्रहरी प्रवक्ता सुवासचन्द्र बोहराले बताए । मधेस प्रहरीका अनुसार ७ वटै स्थानमा गरी कुल १७ हजार ३ सय १३ मतदाता रहेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जसपा नेपाल, जसपा, एकीकृत समाजवादीसहितका दलहरूले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार साँझ ५ बजेसम्म मतदान हुनेछ ।
शान्तिपूर्ण रुपमा मतदान हुँदै
प्रदेश प्रहरी प्रवक्ता सुवासचन्द्र बोहराका अनुसार प्रदेशका ७ वटै ठाउँमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । उपनिर्वाचनमा हुने जिल्लाका सबै प्रहरी तथा प्रदेशबाट थप सुरक्षाकर्मी परिचालन गरिएको प्रदेश प्रहरी बताउँछ ।
प्रहरी प्रवक्ता बोहरा भन्छन्, ‘हामी उपनिर्वाचनका लागि जुन जिल्लामा चुनाव भइरहेको छ त्यहाँको सबै प्रहरी, त्यसपछि थपमा प्रदेश प्रहरी पनि खटाएका छौँ । त्यसकारण अहिलेसम्म कतै केही भएको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्लोरेन्टिनो पेरेज थप चार वर्ष रियल म्याड्रिडको अध्यक्ष
-
ट्रम्पद्वारा अमेरिकालाई डब्ल्यूएचओबाट अलग्याउने आदेश जारी
-
बेलायतमा छायाङ्कन गरिएको कौडा गीत ‘सोल्टीनी सोल्टीज्यू’ सार्वजनिक
-
घरजग्गा व्यवसायको अन्योलमा अध्यादेशको सहजीकरण
-
नेपालको पहिलो फुड रियालिटी शो 'शेफ नेपाल'काे ग्राण्ड फिनाले शनिबार
-
अहिलेका लागि ट्रम्पको अतिरिक्त शुल्कबाट बच्यो क्यानडा