प्रतिबोरा एक सय रुपैयाँले बढ्यो सिमेन्टको मूल्य

काठमाडौँ । सिमेन्टको मूल्य प्रतिबोरा एक सय रुपैयाँसम्म बढेको छ । सिमेन्ट उत्पादक उद्योगीहरूले सबै प्रकारका सिमेन्टको मूल्य बढाएका हुन् । यसअघि सरदर प्रतिबोरा ५०० रहेको सिमेन्टको मूल्य अब ६०० कायम भएको छ ।
सिमेन्ट उद्योगीहरूले एक वर्षदेखि मूल्य बढाउने तयारीमा थिए । तर केही ठुला उद्योगीहरू यसमा सहमत नभएपछि रोकिएको थियो । यो पटक भने सबै उद्योगीहरू मिलेर मूल्य बढाएका छन् । सबै सहमत भएसँगै ठुला र राम्रो बजार नेटवर्क भएका सिमेन्टको मूल्य बढेको छ ।
सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले सञ्चालन खर्चसमेत धान्न मुस्किल भएपछि मूल्य बढाउने सहमति गरिएको बताए । उनले भने, ‘सधैँ यो अवस्थामा रहेर टिक्न सकिँदैन भनेर केही उद्योगहरूले मूल्य समायोजन गरेका छन्, सबैले होइन,’ उनले भने । मारुका अनुसार निर्माणको सिजन भए पनि अहिले उद्योगहरू ३० देखि ४० प्रतिशत क्षमतामा मात्रै चलिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने
-
बैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ विजयी
-
आजदेखि फेवा महोत्सव, होटलमा पाहुनालाई २० प्रतिशतसम्म छुट
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
वैशाख अन्तिममा जुम्ला-रारा अल्ट्रा म्याराथन
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन