इंग्ल्याण्डसँग घरेलु मैदानमा हार्यो न्युजिल्याण्ड
आइतबार, १६ मङ्सिर २०८१, १४ : १०

क्राइस्टचर्च । इंग्ल्याण्डले न्युजिल्याण्डलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । पहिलो टेस्टमा इंग्ल्याण्ड ८ विकेटले विजयी बनेको हो ।
१ सय ४ रनको झिनो लक्ष्य पाएको इंग्ल्याण्डले मात्र २ विकेटको क्षतिमा सफलतापूर्वक पछ्यायो । ज्याकब बेथलले नटआउट रहँदै ५० रन बनाए । उनले ३७ बलमा ८ चौका र एक छक्का हिर्काए ।
त्यस्तै, बेन डकेटले १८ बलमा २७ रन तथा जो रुटले १५ बलमा २३ रनको योगदान दिए । न्युजिल्याण्डका लागि म्याट हेनरी र विल ओ’रोर्कले १–१ विकेट हात पारे ।
न्युजिल्याण्डले आफ्नो पहिलो इनिङ्समा ३ सय ४८ रन बनाएको थियो । जवाफमा इंग्ल्याण्डले पहिलो ४ सय ९९ रन जोड्यो । दोस्रो इनिङ्समा भने न्युजिल्याण्ड २ सय ५४ रनमा समेटिएको थियो ।
तीन खेलको शृङ्खलाको दोस्रो टेस्ट शुक्रबार वेलिङटनमा खेलिनेछ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली अपराजित, घरेलु मैदानमा हार्यो बैंग्लुरु
-
चट्याङ लागेर दुई महिला गम्भीर घाइते
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’