नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबिच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडका कर्मचारी एवम् सेवाग्राहीलाई काठमाडौंको डिल्लीबजारमा रहेको सिद्धि पोली प्याथ ल्याब प्रालीद्वारा प्रदान गरिने विभिन्न सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र सिद्धि पोली प्याथ ल्याबको तर्फबाट प्रमुख वित्त अधिकृत सुजन प्रधानले हस्ताक्षर गरे । सम्झौताअनुसार नेपाल बैंकका कर्मचारी एवम् सेवाग्राहीले सिद्धि पोली प्याथ ल्याबद्वारा प्रदान गरिने विभिन्न सेवामा लाग्ने शुल्कमा १० प्रतिशतसम्म छुट पाउने छन् ।
बैंकका कर्मचारी एवम् सेवाग्राहीले क्लिनिकबाट प्रदान गरिने बायोकेमिस्ट्री, हेमाटोलोजी, इन्डोक्रिनोलोजी, माइक्रोबायोलोजी, सङ्क्रामक रोग, हेपाटाइटिस, एचआईभी, टर्स प्यानल, सेरोलोजी, ओन्कोलोजी, ईसीजी, इको परीक्षण, डिजिटल एक्स-रे, अल्ट्रासाउन्ड जस्ता स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको घोषणापछि धमाधम घट्न थाल्यो भारतीय फर्मा कम्पनीहरूको सेयर मूल्य
-
बीमाको आधारमा इ-कर्जा : खल्तीबाट माग गरी खल्तीमै रकम प्राप्त गर्न सकिने
-
रोनाल्डो र फिगोजस्ता चर्चित फुटबलर तयार पार्ने प्रशिक्षक अरेलियो परेराको निधन
-
सतुंगलबाट लागुऔषधसहित तीन जना पक्राउ
-
धरानको पानबारीस्थित जङ्गलमा एक महिला मृत फेला, हत्या गरेको आशङ्का
-
सीजीका साना घरायसी उपकरणको खरिदमा थाइल्यान्ड घुम्ने अवसर