उपनिर्वाचनको नतिजा रातोपाटीबाटै हेर्न सकिने
आइतबार, १६ मङ्सिर २०८१, १३ : ००

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनको नतिजा रातोपाटीबाटै हेर्न सकिने भएको छ । आइतबार मतदान सम्पन्न भएसँगै सुरु हुने गणनाको सबै विवरण रातोपाटीमार्फत नै हेर्न मिल्नेगरी व्यवस्था मिलाइएको हो ।
रातोपाटीले उम्मेदवारको विवरण, मतपरिणाम, विजेता उपविजेता लगायतको विवरण सहजै थाहा पाउन सकिनेगरी पाठकमैत्री विशेष पेज डिजाइन गरेको हो । जसअनुसार रातोपाटीले छिनछिनमा मतगणनाको अद्यावधिक विवरण उपलब्ध गराउनेछ ।
विगतका निर्वाचनहरूमा समेत रातोपाटीले निर्वाचनसम्बन्धी विशेष सेवा उपलब्ध गराउँदै आएकोमा यो पटक पनि त्यसलाई निरन्तरता दिइएको रातोपाटीको प्रकाशक संस्था डिस्कवरी न्युज नेटवर्कले जनाएको छ ।
उपनिर्वाचनको मतगणनासहितको सम्पूर्ण नतिजा https://www.ratopati.com/local-by-election-2081 बाट हेर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल