लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा
आइतबार, १६ मङ्सिर २०८१, १३ : ०२
_CNeRIA2QEb.jpg)
काठमाडौं । लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा भएको छ । बैंकको गत शुक्रबार दिउँसो बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ५ प्रतिशत बोनस सेयर र बर प्रयोजनको लागि यसमा लाग्ने ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारणसभाबाट पारित भएपछि वितरण गरिने बैंकले जनाएको छ । लक्ष्मी बैंकको लाभांशसँगै गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने बैंकको संख्या आठ पुगेको छ । यसअघि स्ट्यान्डर्ड चार्टर्ड, नबिल, प्राइम, सानिमा, ग्लोबल आईएमई सिटिजन्स र एभरेष्ट बैंकले लाभांश घोषणा गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा