‘शाम्बाला’ले अस्ट्रेलियामा जित्यो ‘युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड’
आइतबार, १६ मङ्सिर २०८१, १२ : ५९

काठमाडौँ । फिल्म ‘शाम्बाला’ले ‘युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड’ जितेको छ । फिल्मले अस्ट्रेलियामा आयोजित एसिया प्यासिफिक स्क्रिन अवार्डको एक महत्त्वपूर्ण विधा ‘युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड’ जितेको हो ।
फिल्मले संस्कृति संरक्षणमा योगदान दिएको भन्दै फिल्मलाई यो सम्मान दिइएको हो । माथिल्लो डोल्पाको संस्कृति र जनजीवनको कथामा बनेको फिल्म नेपालबाट अस्करमा अन्तर्राष्ट्रिय फिचर विधामा समेत सिफारिस भएको छ ।
मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ केही अगाडि स्वदेशमा प्रदर्शन भएको थियो । फिल्मले राम्रो व्यवसाय गर्न नसके पनि चर्चा भने पाएको पाएको थियो ।
फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा, कर्मा वाङ्ग्याल गुरुङ, कर्मा शाक्य लगायतका कलाकारहरूको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियामा बढ्दो अमेरिकी सैन्य गतिविधि देखेर भड्किइन् किमकी बहिनी
-
ऊर्जा मन्त्रालयले कुलमानलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाउने !
-
बार मतदाता नामावली विवाद : आन्दोलनरत पक्ष र समितिबिच वार्ता सुरु
-
अमेरिकामा चीप बनाउन १ खर्ब डलर लगानी गर्दैछ ताइवानको टीएसएमसी
-
युक्रेनलाई दिएको सहायताभन्दा धेरै रकमको रुसी तेल किनेको भन्दै युरोपप्रति ट्रम्प आक्रोशित
-
पोखरा महानगरका मेयर र प्रमुख प्रशासकीय अधिकृत विरुद्धको मुद्दामा सुनुवाइ हुँदै