क्रान्तिकारी कम्युनिस्ट पार्टीमा आजबाट २० समूहमा छलफल, को–को छन् टोली नेता ?
काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको जारी बन्दसत्रमा पेस भएको विभिन्न दस्ताबेजमाथि समूहगत छलफल प्रारम्भ भएको छ । शनिबार त्रिभुवन विश्वविद्यालयको अडिटोरियल हलमा संयोजक वैद्य, नेताहरू सन्तबहादुर नेपाली, रामसिंह लगायतले पेस गरेको प्रस्तावमाथि छलफल गर्न २० वटा समूह बनाइएको थियो ।
आज समूहगत छलफल प्रारम्भ भएको आयोजक समिति सदस्य नारायण पङ्गेनीले जानकारी दिए । उनका अनुसार विभिन्न प्रस्तावमाथि छलफल गर्न सोमबारसम्मको समय दिएको छ । समूहगत निष्कर्ष टोली नेताले बन्दसत्रमा पेस गरेपछि मंगलबार संयोजक वैद्यले जवाफ दिने कार्यतालिका रहेको छ ।
बन्दसत्रको पहिलो दिन निवर्तमान केन्द्रीय समिति भङ्ग गरी कमल चौधरीको नेतृत्वमा पाँच सदस्यीय अध्यक्ष मण्डल गठन गरेको थियो । जसमा दिनेश शर्मा, शोभा सेन्चुरी र चिन्तामणि पौडेल प्रभात रहेका छन् ।
सहभागी अर्का एक नेताका अनुसार वैद्यले पेस गरेको मूल राजनीतिक दस्तबेजमाथि मसाल समूहले फरक प्रस्ताव पेस गरेका छन् । फरक प्रस्तावमाथि पनि थुप्रै क्रियाप्रतिक्रिया आएका छन् ।
‘फरक मत करिब सकियो । त्यसमा क्रिपाप्रतिक्रिया आएका छन् । फरक प्रस्तावमा खण्डन सबैले सबैलाई गर्न सक्ने भए । अन्तिममा सबै खण्डनमण्डनको संयोजक किरणले जवाफ दिने कार्यक्रम छ । जनयुद्ध, माओवाद र सङ्घीयताको विषयमा मतभेद रहेको छ’, ती नेताले भने ।
मंसिर १४ गते वैद्यले ४१ पृष्ठको राजनीतिक प्रतिवेदन पेस गरेका थिए । सिपी गजुरेलले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन सम्बन्धी प्रस्ताव, हेमन्तप्रकाश वलीले कम्युनिस्ट आन्दोलनको इतिहास सम्बन्धी प्रस्ताव पेस गरेका थिए । यस्तै रामसिंह श्रीसले संगठनात्मक प्रस्ताव, सन्तबहादुर नेपालीले जलवायु परिवर्तन सम्बन्धी प्रस्ताव, परि थापाले धर्म सम्बन्धी प्रस्ताव पेस गरेका थिए । यसैगरी पवनमान श्रेष्ठले जातीय नीति सम्बन्धी प्रस्ताव, सीताराम तामाङले आर्थिक नीति सम्बन्धी प्रस्ताव, केबी गुरुङले आर्थिक उपार्जन तथा उत्पादन सम्बन्धी नीति कार्यक्रम पेस गरेका थिए ।
बन्दसत्रको दोस्रो दिन इन्द्रमोहन सिग्देलले विज्ञान प्रविधि र मार्क्सवाद, सीताराम तामाङले दलित नीति र मस्यौदा, हरिभक्त कँडेलले महिला उत्पीडन र मुक्तिसम्बन्धी प्रस्ताव पेस गरेका थिए । यसबाहेक मसाल समूहले जनयुद्ध, माओवाद, राज्य पुनर्संरचना जातीय व्यवस्थाबारे फरक मत राखेका थिए ।
बन्दसत्रमा विभिन्न प्रस्तावमाथि खण्डन चलिरहेको नेता हुकुम सिंहले बताए । बन्दसत्रमा संयोजक किरणले पेस गरेको मूल प्रस्तावसहित विभिन्न प्रस्तावमाथि खण्डनमण्डन चलिरहेको छ । यी सबै प्रस्तावमाथि छलफल गर्न २० वटा समूह बनाइएको छ । आज र भोलि छलफल भएपछि सबै समूहबाट आएका सुझाव, सल्लाह, विचारलाई टोली नेताले १८ गते बन्दसत्रमा राख्नुहुन्छ । समूहबाट आएका खण्डनमण्डनको विषयमा संयोजक किरणले जवाफ दिएपछि निर्वाचन प्रक्रिया सुरु हुन्छ’, रातोपाटीसँग उनले भने ।
टोली नेतामा को को छन् ?
आयोजक समितिलाई २० समूहमा विभाजन गरी अहिले छलफल चलिरहेको छ । समूह १ मा अमिर महर्जन, समूह २ मा अम्बिका मुडबरी, समूह ३ मा अशोक लम्साल, समूह ४ मा भीम चापागाईँ, समूह ५ आकाश गौतम, समूह ६ मा ओमबहादुर सिंह, समूह ७ मा सुरेश सिंह, समूह ८ मा कृष्णदेव सिंह दनुवार, समूह ९ मा कृष्णभक्त महर्जन र समूह १० मा कृष्ण केसी रहेका छन् ।
यसैगरी समूह ११ मा केसबहादुर परियार, समूह १२ मा थैबेत्तर शर्मा समूह १३ मा शेरबहादुर देउवा, समूह १४ मा गोविन्द पौडेल, समूह १५ मा धनेश्वर पोखरेल, समूह १६ मा घनश्याम श्रेष्ठ, समूह १७ मा चक्रपाणि शर्मा, समूह १८ मा जगदिशचन्द्र भण्डारी, समूह १९ मा दयामान खनाल र समूह २० मा टीका पौडेल रहेका छन् । मंसिर २३ गतेसम्म चल्ने महाधिवेशनमा भाग लिन देशभरबाट करिब पाँच सय ५० प्रतिनिधि सहभागी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काेशी मन्त्रिपरिषद्बाट १३ वटा निर्णय
-
मिसिङ : केटी हराएको सूचना’को आज प्रिमियर, तस्बिरहरू
-
पक्राउ परेको १० घण्टा नबित्दै ठगी मुद्दाका अभियुक्त रिहा
-
रेलले ठक्कर दिँदा भारतमा कम्तीमा ७ जनाको मृत्यु
-
जापानमा बर्ड फ्लुको सङ्क्रमण : ५० लाख कुखुरा र चराको मृत्यु
-
सूर्य नेपाल वेस्टर्न ओपन सुरु, निरज शीर्ष स्थानमा