तीन वर्षयता धान र चामलको आयात निरन्तर घट्दो
![तीन वर्षयता धान र चामलको आयात निरन्तर घट्दो](https://npcdn.ratopati.com/media/news/rice_frMXlEokdu.jpg)
काठमाडौँ । नेपालमा तीन वर्षयता धान र चामलको आयात निरन्तर घट्दै गएको सरकारी तथ्याङ्क छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा २२ अर्ब २२ करोड रुपैयाँको धान र चामल आयात भएको छ । यो वर्ष अघिल्लो वर्ष २०७९/०८० को तुलनामा १४ अर्ब ४३ करोड रुपैयाँको कम धान र चामल आयात भएको हो । आर्थिक वर्ष २०७९/०८० मा ३६ अर्ब ६५ करोड रुपैयाँको धान र चामल आयात भएको थियो ।
आर्थिक वर्ष २०७८/२०७९ मा ४७ अर्ब ५७ करोड रुपैयाँको धान र चामल आयात भएको थियो । यो वर्षको तुलनामा अघिल्लो आर्थिक वर्ष आर्थिक वर्ष २०७९/०८० मा १० अर्ब ९२ करोड रुपैयाँको धान र चामलको आयात कम भएको विभागको तथ्याङ्क छ ।
यसरी धान र चामल आयातमा गिरावट आउनु विभिन्न पक्ष हुन सक्ने विज्ञ बताउँछन् । तथ्याङ्कमा गडबडी हुन सक्ने, नेपालको उत्पादन वृद्धि, भातमात्रै नखाएर अन्य खाद्यान्न उपभोग बढेको जस्ता कारणले पनि धान र चामल आयात घटेको हुन सक्ने उनीहरूको अनुमान छ । यस्तै, वैदेशिक रोजगारी वा अध्ययनका लागि विदेश जाने नेपालीको संख्या बढ्दा पनि खाद्यान्नको आयात घट्ने कृषि जनाकारहरूको भनाई छ ।
आर्थिक वर्ष २०७९/०८० को तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा धानको क्षेत्रफल घटे पनि उत्पादन भने वृद्धि भएको सरकारी तथ्याङ्क छ । आर्थिक २०८०/०८१ मा धानको कुल उत्पादन अघिल्लो आर्थिक वर्षको तुलनामा ४.३३ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन र त्यसको अघिल्लो आर्थिक वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान फलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेनिकट कर्मचारीको महाधिवेशन : रेमन्त र भवानीबिच प्रतिस्पर्धा हुने
-
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
-
समयले हटाए इन्डियाज गट लेटेन्टका सबै एपिसोड
-
सार्वजनिक वाईफाई प्रयोग गर्नु कति सुरक्षित ?
-
जनयुद्ध न्यायका लागि लडिएको मुक्तियुद्ध थियो : सहयात्री
-
नागरिकता सम्बन्धी ट्रम्पको निर्णयपछि सकसमा छन् भारतीय