मन्त्रिपरिषद् बैठक
चीन भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
आइतबार, १६ मङ्सिर २०८१, १२ : ०२
![चीन भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक](https://npcdn.ratopati.com/media/news/kp-cabinet_21egfS6Izy.jpg)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आसन्न चीन भ्रमणको संघारमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।
आइतबार अपराह्न ५ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र नेपालले तय गरेका एजेण्डाका बारेमा छलफल हुनेछ । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा चिनियाँ परियोजना (बीआरआई) कार्यान्वयन सम्झौताका सम्बन्धमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।
‘बीआरआई सहकार्य फ्रेमवर्क’ नाम दिएर नेपालले चीनलाई कार्यान्वयन सम्झौताबारे आफ्नो प्रस्ताव तयार गरेको छ । प्रधानमन्त्री ओली सोमबार ८७ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीनको राजधानी वेइजिङ जाँदैछन् । प्रधानमन्त्रीको टोली चार दिने भ्रमण पुरा गरेर मंसिर २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपिन जोशीलाई छुटाउन प्रधानमन्त्री र राष्ट्रपतिको तर्फबाट पहल गर्दा हुँदैन ?
-
आवासीय चिकित्सकहरूको आन्दोलनप्रति नेपालीज् स्टुडेन्ट एसोसिएसन बंगालादेशको ऐक्यबद्धता
-
कालीकोटमा ट्रक दुर्घटना, एक जनाको मृत्यु
-
‘डेब्यू’ खेलमै कप्तानको जिम्मेबारी पाउने भाग्यमानी क्रिकेटर !
-
कैलारीमा थेगिनको लापरबाही : सुर्मीनाला मोटरेबल पुल अलपत्र
-
वार्नर ब्रोजले युट्युबमा हाल्यो फूल लेन्थका ३१ फिल्म