किन हर्यौ मेरो मुटुको टुक्रालाई ?
श्मशानका धुवाँले किन तिम्रो मन जल्दैन प्रभु
लाखौ बिन्ती बिसाउँदा पनि किन सुन्दैनौँ दुःखहरू
जगत् बनाउने भनी घमण्ड किन गर्नु जनजनमा
छोराछोरी जन्माउने आमा आज रुँदै ढलेकी छिन् तिम्रो शरणमा ।
नागको माला, बाघको छाला किन पहिरिनु अब शरीरमा
एक थान कलिला आँखा आज बन्द भए अस्पतालको सिरानीमा
तेत्तीस कोटि देवीदेवता भाकेर गरेको पूजाको अब के अर्थ भयो ?
आफ्नो छोरा बचाउन हात्तीका छावा काट्नेको खोइ त सामथ्र्य कहाँ रह्यो ?
च्यातेर कात्रो, उठाउन किन सक्दैनस् घाटबाट हे प्रभु
कलिला हातले बालेका दीप धुप किन लिँदैनस् खै प्रभु
तँ त भगवान भइस्, मेरो छोरीको कोही भएन, दुःख घरैभरि
म जिउँदो हुँदाहुँदै, किन कातर बनी लगिस्
लुकेर मेरो छोरीको प्राण हरी ?
हेरेर राख्नु मेरा अनुहार राम्ररी सबै
दूधकै धाराले नुहाए पनि जाँदैन तिम्रा पाप कुनै
आमाका आँसुका धाराले पखालेका छन् तिम्रा चरण सबै
भाकल बिन्ती बिसाउँदा पनि हरेर लग्यौ
मेरा मुटुका टुक्रा कठै ।
एउटा बाउको श्राप र आमाको मनले
धिक्कारेको छ तिमीलाई
एकोहोरो शंख बज्दा पनि निद्रा खुलेन है अझै ?
कालखण्ड साक्षी राख्नु, सम्झनु यो पललाई
जब भेट्छु यमको कठघरामा सोध्छु
के बिराई मेरो नाबालक छोरीले तिमीलाई ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्वाइटहाउसबाट निस्किने बेला इजरायललाई ८ अर्ब डलरको हतियार बेच्ने बाइडेनको योजना
-
इटालियन सिरी’ए मा शीर्ष स्थानको नापोलीलाई सफलता
-
प्रिमियर लिगमा शीर्ष क्लबहरुलाई धक्का
-
ओल्ड ट्राफोर्डमा हारको खराब रेकर्डपछि म्यान्चेस्टर सिटीको फराकिलो जित
-
माधव नेपालले बाँडे अग्निपीडितलाई राहत
-
खाना पक्राउने क्रममा आगलागी हुँदा गोरखामा तीन घर जले