२९३ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान : प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत सबै मतदान केन्द्रमा शान्तिपूर्ण ढङ्गले मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै स्थानमा बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी छ ।
नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको हो । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् ।
उपनिर्वाचनका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकिएको छ । चिसोका कारण दोलखा र रुकुमका केही मतदान केन्द्रमा मतदाताहरू ढिलागरीमात्र पुगेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले मतदान सकिएपछि मतगणनाको कार्यप्रारम्भ गर्ने र भोलिपल्ट नतिजा सार्वजनिक गरिसक्नेगरी तयारी गरेको जनाएको छ ।
कीर्तिपुर नगरपालिकाको मतगणना कीर्तिपुर नगरपालिका भवनमा र काठमाडौँको वडा नम्बर १६ को मतगणना वडा कार्यालयकै भवनमा हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक