सुदूरपश्चिममा पाँच पदका लागि उत्साहजनक मतदान जारी

धनगढी । सुदूरपश्चिममा रिक्त रहेको पदको लागि मतदान जारी भएको छ । उपनिर्वाचनअन्तर्गत यहाँको पाँच पदका लागि मतदान भइरहेको हो । प्रदेश निर्वाचन कार्यालय धनगढीका निर्वाचन अधिकृत प्रेमराज भट्टका अनुसार बिहान ७ बजेदेखि नै पाँच वटै स्थानमा उत्साहजनक रूपमा मतदान जारी छ ।
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ । जहाँ १०० बढी मत खसिसकेको मतदान अधिकृत भट्टले जानकारी दिए ।
यस्तै दार्चुलाको दुहुँ गाउँपालिका–५, डोटीको पुर्वीचौकी गाउँपालिका–६, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ र बझाङको सुर्मा गाउँपालिका–४ मा पनि मतदान जारी रहेको भट्टले जानकारी दिए । त्यहाँ वडा अध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ ।
कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका ६ को वडाध्यक्ष पदको उपनिर्वाचनमा बिहान ७ बजेबाट सुरू भएको मतदानमा ८ बजेसम्म २४५ जनाले मतदान गरेका छन् । वडामा जम्मा ५४०० मतदाता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी