मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ला लिगामा एटलेटिको मड्रिडको 'गोल वर्षा'

आइतबार, १६ मङ्सिर २०८१, ०४ : २२
आइतबार, १६ मङ्सिर २०८१

काठमाडौं । स्पेनिश ला लिगा फुटबलमा एटलेटिको मड्रिडले फराकिलो जित निकालेको छ । रियाल भालाडोलिडको घरेलु मैदानमा शनिबार राती भएको खेलमा एटलेटिकोले ५-० को फराकिलो जित निकालेको हो । खेलको २६ औं मिनेटबाट सुरु भएको गोल वर्षा ९२औं मिनेटमा गएर रोकिएको थियो । 

यो जितसँगै एटलेटिकोले शीर्ष स्थानको बार्सिलोनासँग अंक दुरी निकै कम गरेको छ । अब जम्मा दुई अंकको मात्रै परक छ । एटलेटिकोको ३२ र बार्सिलोनाको ३४ अंक छ ।  यस्तै, ला लिगाको अन्य खेलमा शीर्ष स्थानको बार्सिलोना लस पल्मससँग हार्दा स्पानियोलले सेल्टा भिगोलाई ३-१ ले हरायो । डेपोर्टिभो अलाभेस र लिजेन्सले भने १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप