ह्याट्रिक गर्दै केभिनले ब्रेन्टफोर्डलाई उकाले सातौँ स्थानमा
आइतबार, १६ मङ्सिर २०८१, ०३ : ५५
![ह्याट्रिक गर्दै केभिनले ब्रेन्टफोर्डलाई उकाले सातौँ स्थानमा](https://npcdn.ratopati.com/media/news/brentf_dcAfoKdzLJ.jpg)
काठमाडौं । केभिन चाडको ह्याट्रिक मद्दतले ब्रेन्टफोर्डले इंग्लिश प्रिमियर लिगमा सफलता हात पारेको छ । घरेलु मैदानको फाइदा उठाउँदै ब्रेन्टफोर्डले लेस्टर सिटीविरुद्ध ४-१ को जित हासिल गरेको हो ।
केभिनले २९औं, ४८औं र ५९ औं मिनेटमा गोल गरे । एक गोल योअने विसाका नाममा रहयो ।
जितसँगै ब्रेन्टफोर्ड अंक तालिकाको ७ औं स्थानमा उक्लिएको छ । उसको १३ खेलबाट २० अंक भएको छ । प्रिमियर लिगमै शनिबार राती नटिंघम फरेस्टले इप्सविच टाउनलाई १–० ले हराउँदा क्रिष्टल प्यालेस र न्युक्यासल युनाइटेडले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता