जस्टिनको ह्याट्रिकले बर्नमथलाई दोहोरो सफलता, वुल्भ्सको विजोग
आइतबार, १६ मङ्सिर २०८१, ०३ : २८
![जस्टिनको ह्याट्रिकले बर्नमथलाई दोहोरो सफलता, वुल्भ्सको विजोग](https://npcdn.ratopati.com/media/news/burn_dnwqrr4Q1r.jpg)
काठमामाडौं । जस्टिन क्लूइवर्टको ह्याट्रिक मद्दतले बर्नमथले इंग्लिश प्रिमियर लिग फुटबलमा शानदार जित निकालेको छ । वुल्भ्सको घरेलु मैदानमा बर्नमथले ४-२ को जित निकालेको हो ।
बर्नमथका लागि जस्टिनले खेल सुरु भएको ३ मिनेट मै पहिलो गोल गरेका थिए । पछि उनले १८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा ७४ औं मिनेटमा ह्याट्रिक पुरा गरे ।
बर्नमथका लागि मिलोसले थप एकको गोल योगदान गर्दा वुल्भ्सकातर्फबाट लार्सेनले दुई गोल फर्काए । यो जितले बर्नमथलाई अंक तालिकाको ११औं स्थानमा उभ्याएको छ भने ऋणात्मक रहेको गोल डिफ्रेन्सलाई समेत धनात्मक बनाएको छ । हारेको वुल्भ्स भने रेलिगेशन जोनमा ओर्लिएको छ ।