शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : बीआरआई मस्यौदामा चीनको प्रतिक्रियाको पखाईदेखि कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देशसम्म

आइतबार, १६ मङ्सिर २०८१, ०० : ०१
आइतबार, १६ मङ्सिर २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 
१. बीआरआईमा पखाई
बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को विषयमा सत्तारुढ दलले सहमति गरेर पठाएको मस्यौदामा चीनको प्रतिक्रियाको पर्खाइमा नेपाल रहेको छ ।  बीआरआई परियोजना ऋणमा लिने कि अनुदानमा मात्र लिने भनेर दलहरूको बिचमा विवाद भइरहेको थियो । तर कांग्रेसबाट महामन्त्री गगन थापा र सेमन्त दाहाल तथा एमालेको तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक तथा विकास मामिला सल्लाहकार युवराज खतिवडा रहने गरी कार्यदल बनाएर त्यसको समाधान निकालेको छ ।

. बीआरआई विवाद
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चीनको अनुदानमा पाएका उद्योगहरू नेताहरूले बेचेर खाएको आरोप लगाएका छन् । चीन भ्रमणमा जानुअघि अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले जुन नेताले आज चीनबाट अनुदानमा मात्र बीआरआई ल्याउनुपर्छ भनिरहेका छन् । ती नेताहरूले नै विगतमा चीनको अनुदानमा बनाइएको उद्योगधन्दा बेचेर खाएको आरोप लगाएका हुन् । 

३. प्रचण्डको जवाफ
नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता परिवर्तनका लागि नेपाली कांग्रेससँग पहल गरेको कुरा झुटो भएको दाबी गरेका छन् । शनिवार निजी निवास खुमलटारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । 

४. नेपाल प्रिमियर लिग
नेपाल प्रिमियर लिग ९एनपीएल० को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको छ । विराटनगर किंग्सले जितका लागि प्रस्तुत गरेको १ सय २८ रनको लक्ष्य जनकपुरले १५।३ ओभरमा २ विकेटको क्षतिमा पछ्यायो । 

५. कीर्तिपुर मैदानबाट समर्थकको सन्देश 
सर्वाधिक चासो र चर्चामा रहेको नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपिएल) शनिबारदेखि काठमाडौँमा सुरू भयो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्गसलाई आठ विकेटले हरायो । विराटनगरले दिएको एक सय २७ रनको लक्ष्य जनकपुर बोल्ट्सले १५ दशमलव तीन ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । त्रिवि क्रिकेटमा मैदानमा समर्थकको ‘क्रेज’ पनि उत्तिकै थियो ।रङ्गशालामा दर्शकहरू खचाखच थिए । कोही रूखमा चढेर क्रिकेट हेर्न बाध्य भए भने केहीले टिकट काटेर पनि खेल हेर्न पाएनन् । शनिबार भएको एनपिएलको पहिलो खेल मध्याह्न सवा १२ बजे सुरू भएको थियो तर समर्थकहरू बिहान ९ बजेदेखि नै रङ्गशालामा पुगेका थिए ।

६. क्रान्तिकारी कम्युनिस्ट पार्टीमा मतभेद
चिसो मौसमको सुरुवातसँगै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको एकता महाधिवेशन त्रिभुवन विश्वविद्यालयको अडिटोरियम हलमा सुरु भएको छ । बिहीबार भूगोल पार्कमा महाधिवेशन उद्घाटन गरेको थियो । शुक्रबारदेखि सुरु भएको बन्दसत्रमा वैद्यले पेस गरेको राजनीतिक दस्ताबेज र राम सिंहले पेश गरेको साङ्गठनिक प्रतिवेदनमाथि गरमागरम बहस प्रारम्भ भएको छ ।

७. सेयर बजारमा अन्योल
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेसँगै सेयर बजारका लगानीकर्तामा अन्यौलता देखिएको छ । समीक्षामा कुनै पनि परिवर्तन नभएसँगै बजारको अबको दिशाबारे अन्यौलता देखिएको हो । यसले बजारको आगामी यात्रा अनिश्चित बनाएको छ ।

८. दुर्घटना
ललितपुर महानगरपालिका–१५ चक्रपथ सडकस्थित बीएण्डबी अस्पताल नजिकै ट्राफिक प्रहरीले गरेको स्पिड चेकिङ स्थलमा दुर्घटना भएको छ । ट्राफिक प्रहरीले मोटरसाइकल रोक्दा नियन्त्रण गर्न नसकेर चालक गम्भीर घाइते भएका छन् । प्रदेश–३–०२ ००५ प २६४२ नम्बरको आर–१५ यमाहा मोटरसाइकल अनियन्त्रित हुँदा पछाडि सवार १६ वर्षीया स्नेहा बस्यालको मृत्यु भएको छ ।

. अपराध
चीनको बाटो हुँदै नक्कली कागजपत्र बोकेर संयुक्त राज्य अमेरिका जान लागेका एक नेपाली युवक सिचुवान प्रान्तको छेङ्दु विमानस्थलमा पक्राउ परेका छन् । रुकुम घर बताउने ३२ वर्षीय काजी महरा (नाम परिवर्तन)लाई शुक्रबार छेङ्दुस्थित थ्यानफू अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरेर छानबिन गरिएको हो । 

१०. आगलागी 
हिउँद लागेसँगै आगलागीका घटना बढ्न थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न १० स्थानमा आगलागी भएको छ । 
उक्त आगलागीमा परेर तीनजना घाइते भएका छन् । आगलागीबाट सात लाखभन्दा बढीको क्षति भएको छ । चिसो बढेसँगै आगो ताप्ने क्रम बढेको र सोही क्रममा आगलागीका घटना पनि बढ्न थालेको, कतिपय ठाउँमा सावधानी नअपनाउँदा आगलागी भएको र कतिपय स्थानमा भने विद्युत् चुहिएर आगलागी भएको पाइएको छ ।

११. मनोरञ्जन
फिल्ममा व्यस्त अभिनेता नाजिर हुसेन रङ्गमञ्च अभिनयमा ‘कमब्याक’ गर्दैछन् । नाटक ‘हरि हजुरबा’ मार्फत् उनी ६ वर्षपछि रङ्गमञ्चमा देखिन लागेका हुन् ।जब मैले सुपरहिट कोरियन थ्रिलर शृङ्खला स्क्विड गेमका निर्देशकलाई पहिलो शृङ्खला बनाउँदा उनको छ वटा दाँत भाँचेको रिपोर्टको बारेमा सोधे, उनले तुरुन्तै भने, ‘हुन सक्छ आठ वा नौवटा।’ अनि गलल हाँसे ।

२. भियतनाम रेल 
भियतनामले हनोईदेखि होची मिन्ह शहरसम्म ६७ अर्ब अमेरिकी डलरको उच्च गतिको रेलमार्ग निर्माण गर्ने शनिबार घोषणा गरेको छ । राजधानीदेखि देशको दक्षिणमा रहेको व्यापारिक केन्द्र होची मिन्ह शहरसम्म निर्माण गरिने एक हजार ५०० किलोमिटर ९९३० माइल० भन्दा बढी लम्बाइको रेलमार्गले रेलको वर्तमान यात्रा समयलाई ३० घण्टाबाट घटाएर पाँच घण्टाको हाराहारीमा झार्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप