१२५ औँ वर्षगाँठमा बार्सालाई धक्का
शनिबार, १५ मङ्सिर २०८१, २२ : ०९

क्याम्प नाउ । क्लब स्थापनाको १२५ औँ वर्षगाँठ मनाइरहेको बार्सिलोना आफ्नै घरेलु मैदानमा स्तब्ध बन्न पुगेको छ । शनिबार भएको खेलमा बार्सा लास पालमाससँग १–२ गोल अन्तरले पराजित भएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएपछि दोस्रो हाफको सुरुवातमा नै लास पालमासले अग्रता लिएको थियो । बार्साकै पूर्वस्ट्राइकर सान्ड्रोले टोलीलाई अग्रता दिलाए ।
६१ औँ मिनेटमा राफिन्हाले घरेलु टोलीलाई खेलमा फर्काए । तर, लगत्तै फाबियो सिल्भाले निर्णायक गोल गर्दै लास पालमासलाई जित दिलाए । जितसँगै लास पालमास लिगको १४ औँ स्थानमा उक्लिएको छ ।
१५ खेलबाट ३४ अङ्क बटुल्दै बार्सा लिगको शीर्ष स्थानमा कायम छ । दुई खेल कम खेलेको रियल मड्रिडको ३० अङ्क छ । आइतबार गेटाफेलाई हराए रियलले बार्सासँगको दुरी कम गर्न सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलहरूप्रति घनश्यामको टिप्पणी : मुखमा कालोमोसो दलेर दरबारमार्गमा उभिनुपर्ने अवस्था छ !
-
हामीले कम्युनिस्ट एकताको झण्डा न छोडेका छौँ, न छोड्नेछौँ : प्रचण्ड
-
अपहरण गरिएका डिपोर्टी रिहा गर्न बुकेलेलाई मदुरोको माग
-
सत्तामा कम्युनिस्टको हालीमुहाली : १० वटा सरकारको नेतृत्व, ८ वटामा मुख्य साझेदार
-
ईडीले किन बोलायो दक्षिण भारतीय स्टार महेश बाबुलाई ?
-
माओवादी लुकिङ लण्डन, टकिङ टोकियो : घनश्याम भुसाल