अष्ट्रेलियामा रायमाझीलाई ‘लिभिङ फर अदर’ अवार्ड

अष्ट्रेलिया । लिभिङ फर अदर अवार्ड समाजसेवी तथा ग्लोबल गस्पेल मिनिस्ट्रीका संस्थापक अध्यक्ष केदार रायमाझी ‘जीवन’ लाई प्रदान गरिएको छ । शनिवार साँझ रायमाझीलाई सो अवार्ड प्रदान गरिएको हो ।
युनिभर्सल पिस फेडेरेसन (युपीएफ) द्वारा प्रदान गरिने सो अवार्ड अष्ट्रेलियाको जर्ज स्ट्रीट चिपेनडलमा आयोजित विशेष समारोहकाबिच रायमाझीलाई प्रदान गरिएको हो । कार्यक्रममा युनिभर्सल पिस फेडेरेसनका अध्यक्ष जोन एडमेडेसले नेपालीहरुमा रहेको सेवाभावको खुलेर प्रशंसा गरे । कार्यक्रममा न्यू साउथ वेल्सस्थित नेपालका अवैतनिक महावाणिज्य दूत सञ्जीवकुमार शर्माले सम्मान प्रदान गरेका थिए ।
कार्यक्रम संयोजक रहेका सन्तोष न्यौपानेले यसप्रकारको कार्यक्रममले समाजमा भाइचारा र सहयोग आदान प्रदानको वातावरण अझ बलियो हुने बताए । रायमाझीलाई प्रदान गरिएको यस सम्मानले नेपाली समुदायभित्र समाजसेवाको महत्व र त्यसप्रतिको प्रतिबद्धतालाई थप उर्जा दिने विश्वास गरिएको छ।
अरूका लागि बाँच्ने विचारधाराले समाजलाई नैतिक उत्तरदायित्वप्रति सचेत बनाउँदै सेवा भावलाई प्रोत्साहन गर्ने अपेक्षा आफुले राखेको रायमाझीले बताए ।
युनिभर्सल पिस फेडेरेसनका एक प्रतिनिधिले भने- ‘केदार रायमाझीले अरूका लागि बाँच्ने संस्कृतिलाई नयाँ उचाइमा पुर्याएका छन्। उनको योगदानले समाजमा सकारात्मक प्रभाव पारेको छ। उनीजस्ता समर्पित व्यक्तिलाई सम्मान गर्न पाउनु हाम्रो लागि गर्वको विषय हो।’
नेपालदेखि अष्ट्रेलियासम्म रायमाझीको यात्रा निस्वार्थ सेवाको उदाहरण बनेको छ। २०१८ मा अष्ट्रेलिया आएपछि पनि उनले नेपाली समुदाय र अन्य समुदायहरूबिच समानुभूतिको पुल निर्माण गर्न सफल भएका छन्। ग्लोबल गस्पेल मिनिस्ट्रीको नेतृत्वमा उनले परामर्श, राहत, र विभिन्न सामाजिक सेवाहरू संचालन गर्दै समाजमा प्रेरणादायी प्रभाव पुर्याएका छन्।
रायमाझी बचन न्यूजका सम्पादक तथा प्रकाशकको भूमिकामा रहेर नेपाली पत्रकारितामा योगदान दिँदै आएका छन्। साथै, सिड्नीको गस्पेल नेपाली चर्च का प्रमुख पाष्टरका रूपमा उनले धार्मिक सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
कार्यक्रममा विविध धर्म र संस्कृतिसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा युपीएफ ब्याण्डले लाइभ प्रस्तुति दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो म्यान्सिटी, ग्वार्डिवला उत्साही
-
ला लिगामा बार्सिलोनाले अंक दुरी बढायो, रियाल मड्रिड दबाबमा
-
ठूला योजनामा लगानी जुटाउन वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक संसदमा पेश
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन