लुम्बिनीका मुख्यमन्त्री र सुदूरपश्चिम प्रदेश प्रमुखबिच भेटवार्ता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँबिच भेटवार्ता भएको छ। बुटवलमा भएको भेटवार्तामा संघीयता कार्यान्वयन र समन्वयलाई प्रभावकारी बनाउने बारेमा कुराकानी भएको हो।
सो अवसरमा मुख्य मन्त्री आचार्यले अन्तरप्रदेश बिचमा असल अभ्यास र सिकाइहरूलाई आदानप्रदान गर्दै संघीयता कार्यान्वयनको पक्षलाई बलियो बनाउने, विकास परियोजना र कतिपय सामाजिक मुद्दाहरूको बारेमा समेत साझा नीति अवलम्बन गरेर अघि जान सकिने बारेमा बताए।
उनले प्रदेशलाई बलियो बनाउने गरी अधिकारहरूको प्रत्यायोजन, कार्यान्वयन र सहकार्यलाई अगाडि जानुपर्ने बताए । प्रदेशहरूबिचको समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउने, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकार बिचमा समृद्धिलाई सघाउनका लागि साझा नीति तथा रणनीतिको बारेमा समेत छलफल भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेशको बिच सहकार्य, समन्वयलाई थप गति दिने गरी भूमिका बढाउनुपर्ने बताएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध