एक किलो एकसय ग्राम सुनसहित एक जना पक्राउ
शनिबार, १५ मङ्सिर २०८१, २० : ३१

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट एक किलो एकसय ग्राम सुनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनका आशिष सुवेदी रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
उनले एक किलो, एकसय ग्राम सुनसहित सुवेदीलाई विमानस्थल भन्सारका कर्मचारी एवं त्यहाँ खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताए ।
शुक्रबार एयर अरेबियाको फ्लाइटबाट दुबई हुँदै नेपाल आएका सुवेदीले रबरको एक प्रकारको भाँडो बनाएर त्यसमा लुकाएर सुन ल्याएको अवस्थामा पक्राउ परेका प्रहरीले जनाएको छ । उनलाई गौशाला प्रहरीमा राखी थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली र मोदीबिच शुक्रवार बैंककमा भेटघाट हुने
-
क्रिकेटमा अनु कडायतको छलाङ : क्यानको प्रशिक्षण क्याम्पमा सामेल
-
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
-
सामाजिक संजालको प्रयोग गरी फिरौती रकम माग गर्ने व्यक्ति पक्राउ
-
बेनीमा चक्रपथ स्तरोन्नति सुरु
-
थाइल्यान्डमा सांस्कृतिक र पर्यटन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर