बाघको आक्रमणबाट वडा अध्यक्षसहित २ जना गम्भीर घाइते

रौतहट । बाघको आक्रमणबाट रौतहटको गुजरा नगरपालिका १ का वडा अध्यक्षसहित २ जना गम्भीर घाइते भएका छन् । शनिवार बाघको आक्रमणबाट गम्भीर घाइते भएका वडा अध्यक्ष रामजीत चौधरी र सोही वडाका बौराई चौधरीको वीरगन्जस्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ।
घाइते दुवै जनालाई आइसियुमा राखेर उपचार भइरहेको वडा अध्यक्ष चौधरीकी छोरी मधु कुमारी चौधरीले बताएकी छन् । शनिवार बिहान अस्पताल भर्ना भएदेखि नै दुवै जना बेलुकीसम्म अचेत रहेको मधुले बताइन्।
गुजरा १ रङ्गपुर गाउँ छेउको लमहा खोलाबाट खेतमा पानी लगाइरहेका बेला बौराईलाई बाघले आक्रमण गरेको थियो । बौराईलाई बचाउन खोज्दा वडा अध्यक्ष चौधरी माथि पनि बाघले आक्रमण गरेको मधुले जानकारी दिइन् ।
बौराई र रामजीत बिच मितरी साइनो रहेको समेत उनले बताइन् । इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डीएसपी राजकुमार राईले घटनाको पुष्टि गर्दै आवश्यक घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिको समीक्षा : विद्युतीय सवारी साधन किन्न ऋणमा कडाइ
-
मौद्रिक नीतिको समीक्षा : विद्युतीय सवारी साधन किन्न ऋणमा कडाइ
-
अब गैरबैंकिङ वित्तीय संस्था सम्पत्ति शुद्धीकरणको दायरामा
-
जग्गामा लफडा, ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
-
जय शम्भो ! पशुपतिमा मस्त बाबा, तस्बिरहरू
-
महाशिवरात्रिको पूर्वसन्ध्यामा ओली पुगे पशुपति