कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा उपनिर्वाचनको मौन अबधिमा सम्मेलन र भेला गरि नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ग्रामथान गाउँपालिका वडा नम्बर–६ मा मौन अवधिको समयमा शनिबार बिहान कांग्रेसले भेला र सम्मेलन गरेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको हो । ग्रामथानमा भएको भेलामा नेपाली कांग्रेस नेता गुरुराज घिमिरे सहभागी भएका थिए ।
निर्वाचनको अघिल्लो दिन मान्छे भेला पारेर सम्मेलन गरेको रास्वपाको आरोप छ । भेलामा कांग्रेस नेताहरु भेला भएको स्थानको भिडियो खिचेपछि कांग्रेसका कार्यकर्ताले रास्वपा कार्यकर्तालाई हातपातसमेत गरेका थिए । रास्वपाबाट आध्यक्षका उम्मेदवार नविन विश्वासले मौन अवधिको समयमा आफ्नो घर नजिकै कांग्रेसले भेला गरेपछि उजुरी गरेको बताए ।
भेलाको भिडियो खिच्न खोज्दा आफ्नो पार्टीका सदस्यमाथि हातपात भएको उनको भनाइ छ । निर्वाचन आचारसंहिता लागेका बेला २०–२५ जना भेला भएर गतिबिधि गर्नु आचारसंहिता विपरित हो भन्दा रास्वपाका सदस्यमाथि हातपात भएको विश्वासले बताएका छन् । घटनापछि निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको उनले बताए । रास्वपा कार्यकर्ताले भेलाको समयमा कांग्रेसले पैसा पनि बाँडेको आरोप लगाएका छन् ।
कांग्रेस नेता घिमिरेले भने कुनै भेला र सम्मेलन नगरेको दावी गर्दै पार्टीको सम्पर्क कार्यालयमा बसिरहेको अवस्थामा २–३ जनाले भिडियो खिचेर लगेको जिकिर गरे । गत वर्ष नै भएको वडा सम्मेलनको व्यानर कार्यालयमा रहेको भन्दै घिमिरेले उम्मेदवारको कुनै प्रचारप्रसार झल्किने ब्यानर नरहेको र त्यस्तो कार्यक्रम पनि नगरेको बताए । ग्रामथापनको निर्वाचन अधिकृतको कार्यालयले रास्वपाको उजुरीपछि त्यसमाथि अनुसन्धान र कार्वाही सुरु गरेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानमा चित्त नबुझेको कुरा विधि प्रकिया पूरा गरेर संशोधन गर्न सकिन्छ : उपप्रधानमन्त्री सिंह
-
न्युजिल्याण्डमा नेपाल फेस्टिभल २०२५ आयोजना हुँदै
-
पुल निर्माणमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर
-
शिक्षकहरूलाई वैशाख २ गतेभित्र घर फर्काउने गरी गृहकार्यमा शिक्षा मन्त्रालय
-
२० महिनादेखि शेयर निष्कासन नभएपछि इप्पानले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण
-
पानी परेपछि राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण रोकियो