क्रिकेट मैदानमा च्यापिएर २ प्रहरीसहित ७ जना घाइते
शनिबार, १५ मङ्सिर २०८१, १८ : ०५

काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा नेपाल प्रिमियर लिगको उद्घाटन खेल हेर्न जाँदा च्यापिएर ७ जना घाइते भएका छन् । सुरक्षामा खटिएका दुई जना प्रहरी सहित ७ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
विराटनगर किंग्स र जनकपुर बोल्ट्सबिचको खेल हेर्न जाँदा भिडमा च्यापिएर उनीहरू घाइते भएका हुन् । घाइते हुनेमा रुपन्देही घर भएका २५ वर्षीय जयन श्रेष्ठ, गुल्मी घर भएका २९ वर्षीय शिशिर गौतम, कपिलवस्तुका केशव आचार्य, बैतडी घर भएका केशव नेगी र रुकुम घर भएका प्रेम खड्गी छन् ।
जुम्ला घर भएका प्रहरी जवान दान बहादुर राउत र धादिङ घर भएका जवान २६ वर्षीय अजय तामाङ घाइते भएका छन् ।
प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार जयन श्रेष्ठ सहित दुई जना अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरू भिडमा च्यापिएर लड्दा घाइते भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक नियुक्ति बहसले १६ मुद्दा हेर्न भ्याइएन, आइतबार पनि तोकियो पूर्ण इजलास
-
आकाश भैरवको १२ वर्षे जात्रा धूमधामसँग मनाइँदै, तस्बिरहरू
-
प्राविधिक प्रहरी हवल्दारहरूको बढुवा तथा पदस्थापन (सूचीसहित)
-
सामाजिक अभियानमार्फत कर्णालीमा काम गर्ने नायक पल शाहको चाहना, मुख्यमन्त्रीसँग भेटे
-
प्रवासी नेपाली सेफहरू 'ग्लोबल स्टार अवार्ड'बाट सम्मानित
-
१० महिनादेखि समितिमा सभापति छैनन्, लेखा समिति सत्ताकै कब्जामा !