काठमाडौँसहित विभिन्न स्थानमा ७ जना मृत फेला
शनिबार, १५ मङ्सिर २०८१, १७ : ३३

काठमाडौँ । राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा ७ जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका-१५ हलचोकस्थित खाली चौरमा सोही महानगरपालिका-८ गोठाटार घर भएका ३७ वर्षीय ईशान कोईराला शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- सर्लाही, लालबन्दी नगरपालिका-४ करैया बस्ने ५५ वर्षीय धयनवा चौधरी सोही नगरपालिका-७ तरकारी बजार नजिकै रहेको पाकर गाछीको चौतारामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- काभ्रे, माहाभारत गाउँपालिका-३ देउराली बस्ने ५९ वर्षीय रेख बहादुर रखुवाल सोही गाउँपालिका-५ तिनखुट्टेस्थित खानी खोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- पाँचथर, पाँचथर गाउँपालिका-६ खत्र गाउँ बस्ने ७० वर्षीय तिल बहादुर खत्रक(लिम्बु) सोही ठाउँस्थित पखेरे भिरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित कंचनजंगा होटलमा सोही नगरपालिका-१० धुलावारी बस्ने ४८ वर्षीय मनोज पराजुली शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- जाजरकोट, नलगाड नगरपालिका-१ निलगड्डीस्थित ठुली भेरीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- नुवाकोट, बेलकोटगढी नगरपालिका-७ रातमाटेस्थित त्रिशुली नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना
-
ट्रम्पका विशेष दूतले हमासलाई किन भने ह्वाइट हाउसमा सम्पर्क गर्न ?
-
बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी