राजनीतिलाई सही दिशामा लैजान आवश्यक : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिलाई सही दिशामा लैजान आवश्यक रहेको बताएका छन् । शनिवार काठमाडौँमा मोहनविक्रम सिंहको पुस्तक कामरेड जलजलाको विमोचन समारोहमा बोल्दै अध्यक्ष नेपालले राजनीतिलाई सही दिशामा लैजानको निम्ति कम्युनिस्ट आन्दोलनलाई बचाइराख्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘कसरी यो देशको राजनीतिलाई सही दिशामा लिएर जाने ? यसको निम्ति कसरी कम्युनिस्ट आन्दोलनको सुरुवात गर्ने आदरणीय हाम्रा अघिल्लो पुस्ताका नेताहरू, मोहनविक्रम सिंह जस्ता योद्धाहरू जसले सबै चुनौतीहरूको सामना गर्दै आउनुभएको छ । अनेकौँ उतारचढावहरू सामना गर्नुभयो । झन्डै झन्डै कम्युनिस्ट आन्दोलनहरू सिद्धिने हो की भन्नै अवस्था भयो । विघटनको अवस्थामा पुग्ने हो की समर्पणको दिशामा जाने हो की भन्ने थियो । आँट गरेपछि पार नलाग्ने केही पनि छैन । सकारात्मक सोचका साथ लाग्नुपर्छ ।’
‘तर पनि मानव जातिभित्र असल पनि छ । कमजोर पनि छ । नेताहरूभित्र असल पनि छन्, कमसल पनि छन्, भ्रष्ट पनि छन्, पतित पनि छन्, स्वार्थी पनि छन् । मतलबी पनि छन् । देश बेच्ने प्रपञ्च रच्ने, सिद्ध्याउने पनि छन् । चुनौतीको सामना गर्ने हो,’ उनले थपे ।
अध्यक्ष नेपालले समाज र जनताप्रतिको उत्तरदायित्वको बोध नेताहरूले गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म