शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय
स्थानीय तह उपनिर्वाचन

उपनिर्वाचन : पुथा उत्तरगंगा गाउँपालिकामा ११ हजार १८० जना मतदाताले मतदान गर्दै

शनिबार, १५ मङ्सिर २०८१, १६ : ५६
शनिबार, १५ मङ्सिर २०८१

रुकूमपूर्व । भाैगाेलिक विकताले ठगिएको हिमाली जिल्ला रुकुमपूर्वकाे पुथा उत्तरगंगा गाउँपालिकामा पालिका उपाध्यक्ष र २ नम्बर वडाध्यक्ष पदमा उप- निर्वाचनको तयारी पूरा भएको छ।

गत भाद्र २८ गते  काठमाडौँदेखि गृह जिल्ला रुकुमपूर्व फर्किँदै गर्दा बाग्लुङकाे भङखानीमा रा १ झ २००  नम्बर प्लेटकाे सरकारी  गाडी पालिका उपाध्यक्ष भूपेन्द्रा बुढा र वडाध्यक्ष जसबहादुर शेर्पालीसहित उपाध्यक्षकी आमा गाेपिमाया बुढाकाे निधन भएको थियो । 

रिक्त पदमा सो पालिकामा  उपनिर्वाचनका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोग रुकुमपूर्वले जनाकारी दिएको छ। गाउँपालिकाकाे १४ वटा वडामा २२ मतदान केन्द्र रहेको छ। जसमा ५ हजार ६ सय ७१ जना पुरुष र ५ हजार ५ सय ९ जना महिला  गरि जम्मा ११ हजार एक सय ८० जनाले भोलि मतदान गर्ने  निर्वाचन सहायक अधिकृत ईश्वरीप्रसाद सुवेदीले बताए।

सुवेदीका अनुसार २२ मतदान केन्द्रमा सर्वदलीय बैठकले  शान्तिपूर्ण, निष्पक्ष, र व्यवस्थित मतदान सुनिश्चित गर्न आवश्यक सबै व्यवस्थाहरू पूरा गरिसकेको छ।

निर्वाचनमा कुनै बाधा नपुगोस् भनेर  नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, र स्थानीय प्रशासनका सुरक्षाकर्मी परिचालन गरिएको र मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने जनकारी दिए।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, र गर्भवती महिलाहरूका लागि प्राथमिकता प्रदान गर्न विशेष व्यवस्था मिलाइएको बताए। उपनिर्वाचनमा २ नम्बर वडामा जगत घर्ती निर्विरोध निर्वाचित घोषणा भएका छन् भने उपाध्यक्ष पदकाे लागि प्रमुख राजनीतिक दलहरूबिच तीव्र प्रतिस्पर्धा  रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप