बीआरआईबारे कार्यदलले गर्यो प्रधानमन्त्री ओलीलाई ब्रिफिङ
शनिबार, १५ मङ्सिर २०८१, १६ : ४३
![बीआरआईबारे कार्यदलले गर्यो प्रधानमन्त्री ओलीलाई ब्रिफिङ](https://npcdn.ratopati.com/media/news/kp-sharma-oli_Ng37hW71xG.jpg)
काठमाडौँ । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बीआरआईका विषयमा देखिएको मतभेद सुल्झाउँदै साझा धारणा तय गर्न बनाइएको कार्यदलले गरेको सहमति बारेमा आज प्रधानमन्त्री केपी शर्मा अोलीलाई ब्रिफिङ गरेको छ । कार्यदलले प्रधामन्त्री ओलीलाई उनको निवास बालुवाटरमा भेटेर ब्रिफिङ गरेको हो ।
कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र सेमन्त दाहाल तथा एमालेको तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक तथा विकास मामिला सल्लाहकार युवराज खतिवडा छन् । बीआरआई परियोजना ऋणबाट होइन, अनुदानबाट लिने सहमति कार्यदलले गरेको छ ।
यो कार्यदलले सहकार्यको फ्रेमवर्क भनेर प्रस्ताव तयार गरेको छ । उता चीनले कार्यान्वयनको योजना भनेर प्रस्ताव गरेको थियो । कार्यदलले नेपाललाई तत्काल आवश्यक पर्ने परियोजनालाई मात्र यो फ्रेमवर्कभित्र राखेर लागु गर्ने सहमति गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल अडिटर्स एसोसिएसनको सातौँ महाधिवेशनको मिति तोकियो
-
पत्रकार उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रह विमोचन
-
धम्की नदिन कृष्णमूर्तिलाई पोखराका वडाध्यक्षको चेतावनी
-
सम्बन्धविच्छेदको मुद्दा टुंगिएसँगै एलिनाले लेखिन्– प्रिय विष्णु हाम्रो सम्बन्ध अल्पायु मै पूर्णविराम लाग्यो
-
डोरीलाई सर्प भनेर सन्देश दिनु गलत : रिजाल
-
गायिका एलिना चौहान र विष्णु सापकोटाको सम्बन्धविच्छेद मुद्दा टुंगियो