रौतहटमा उपनिर्वाचन : ३ वडामा सवारी साधन र आवागमनमा रोक
![रौतहटमा उपनिर्वाचन : ३ वडामा सवारी साधन र आवागमनमा रोक](https://npcdn.ratopati.com/media/news/Jilla-prasashan-rautahat_VlHm11MyDd.jpg)
रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले उपनिर्वाचन हुने जिल्लाका ३ वटा वडाहरूमा सवारी साधनसँगै स्थानीय बाहेकलाई आवत जावतमा रोक लगाएको छ। उपनिर्वाचनको पूर्व सन्ध्यामा आज जिल्ला प्रशासन कार्यालय रौतहटले एक सूचना जारी गर्दै ती वडामा रोक लगाएको हो।
स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आज साँझ ७ बजेदेखि भोली बेलुकी ५ बजे मतदान नसकेसम्म अत्यावश्यक र अनुमति लिएका बाहेक सबै सवारी साधनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।
जिल्ला प्रशासनले निर्वाचन हुने राजापुर नगरपालिका ६, ईशनाथ नगरपालिका ७ र गढीमाई नगरपालिका ८ भित्र बसोबास गर्ने बाहेक अन्य मानिसहरूलाई आवतजावतमा रोक लगाएको छ। साथै सूचनामा उपनिर्वाचन हुने वडा प्रवेशका सबै नाका, सडकहरूमा कडा चेकिङ र खानतलासी हुने भएको हुँदा सहयोग गर्न सबैलाई आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जाल विधेयक सच्चाउन सरोकारवालको माग
-
‘उत्तर कोरियाले रुसलाई लामो दूरीको २०० तोपखाना दियो’
-
गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’ मा परिवर्तन
-
मनिष झाको प्रश्न : जेल बसेर बाहिर आएपछि एकै पटक दरबारचाहिँ कसरी बन्यो ?
-
अनावश्यक खर्च कटौतीमा ध्यान दिन्छु : अर्थसचिव उपाध्याय
-
क्यान्टोनमेन्टमा माओवादीले घोटाला गरेको छ : सांसद रिजाल