मिलान्थासामु नतमस्तक बन्यो विराटनगर, जनकपुरको सहज जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको छ । विराटनगर किंग्सले जितका लागि प्रस्तुत गरेको १ सय २८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेटको क्षतिमा पछ्यायो ।
जनकपुरको सुरुवात भने राम्रो हुन सकेन । आसिफ शेख पहिलो ओभरमा शून्य रन बनाएर क्रिस सोलको शिकार बने । स्कोरबोर्डमा १५ रन हुँदा कप्तान अनिल साह ५ रन बनाएर पभेलियन फर्किए ।
त्यसपछि लाहिरु मिलान्था र हर्ष थाकेरले शतकीय साझेदारी गर्दै टोलीलाई जितसम्म डोर्याए । मिलान्थाले अर्धशतकीय इनिङ्स खेल्दै ७५ रन बनाए । उनले मात्र ५३ बलमा ९ चौका र ३ छक्का हिर्काए ।
हर्षले २९ रनको योगदान दिए । विराटनगरका लागि क्रिस सोल र प्रतीश जिसीले १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । टोलीका लागि अनुभवी ब्याटर मार्टिन गप्टिलले अर्धशतक बनाए । उनले ४३ बलमा ५५ रनको इनिङ्स खेले । यसक्रममा उनले ७ चौका र एक छक्का हिर्काए । अकिब इलियासले १८ बलमा १५ रनको योगदान दिए ।
अन्य ब्याटरले भने ठुलो योगदान दिन सकेनन् । बसिर अहमद, अनिल खरेल र कप्तान सन्दीप लामिछानेले ७–७ रन जोडे ।
जनकपुरका लागि ललित राजवंशीले शानदार बलिङ गर्दै ३ विकेट लिए । ४ ओभरमा उनले मात्र २८ रन खर्चिए । त्यस्तै, हर्ष थाकेरले २ विकेट हात पारे । ४ ओभर बलिङ गरेका उनले २२ रन खर्चिए ।
किशोर महतोले २ विकेट लिए भने बेन माइक र मोहम्मद मोहसिनले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलो नियन्त्रणका लागि सुरक्षाकर्मीलाई आवश्यक सामग्री हस्तान्तरण
-
हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल
-
२६ तस्बिरमा हेर्नुहोस् विराटनगरमा होलीको रौनक
-
बदनियत साथ दुर्घटना गराउने चालकको कैद तथा सजाय घटाउने गरी विधेयक ल्याउने तयारी
-
६० वर्षीय अमिरकी तेस्रो प्रेमिका गौरी को हुन् ?
-
सरकारको आम्दानीभन्दा खर्च बढी, आठ महिनामा २३ प्रतिशत मात्रै विकास खर्च