नेपाल प्रिमियर लिग
टिकट काटेर पनि खेल हेर्न नपाएपछि त्रिवि खेल मैदान बाहिर नाराबाजी
शनिबार, १५ मङ्सिर २०८१, १४ : ०५

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता हेर्न पुगेका दर्शकहरूले टिकट काटिएर पनि खेल हेर्न नपाएको भन्दै गुनासो गरेका छन् । शनिवार कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा एनपिएल हेर्न पुगेका केही दर्शकलाई गेटबाट भित्र छिर्न नदिएपछि उनीहरुले नाराबाजी समेत लगाएका छन् ।
‘हामी खल्तीबाट टिकट काटेको खेल हेर्न त्रिवि खेल मैदान पुगेका थियौँ, तर भित्र ठाउँ छैन भन्दै गेटबाट छिर्न दिइएन’ दर्शक प्रज्वल पन्तले भने । अहिले खेल मैदान बाहिर टिकट काटेर पनि भित्र पस्न नपाएका दर्शकहरूमाथि भीड बढेको भन्दै पुलिस लगाएर लाठी चार्ज गरिएको उनले बताए । दर्शकहरूले भने आफूहरूले टिकट काटिसकेकाले खेल हेर्न पाउनु पर्ने भन्दै नाराबाजी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ