नेपाल प्रिमियर लिग क्रिकेट
नेपाल प्रिमियर लिगको पुरस्कार राशि घोषणा
शनिबार, १५ मङ्सिर २०८१, १४ : ०६

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) का विजेताहरूका लागि पुरस्कार राशि घोषणा गरेको छ । क्यानका अनुसार उपाधि विजेताले १ करोड एक लाख रुपैयाँ पुरस्कार पाउनेछ ।
त्यस्तै, दोस्रो हुने टोलीलाई ५० लाख रुपैयाँ दिने भएको हो । तेस्रो र चौथो टोलीले क्रमशः ३० लाख र २० लाख रुपैयाँ पाउनेछन् । क्यानको आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता छ ।
एनपीएलको अर्को आकर्षण भनेको खेलाडीले कार पाउनु पनि हो । नेपाली क्रिकेट इतिहामा खेलाडीले खेलेरै कार पाउने यो पहिलो पटक हुनेछ । क्यानका अनुसार प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीले एक थान कार पुरस्कार प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रा, आज कसको मूल्य कति ?
-
आज विश्व सम्पदा दिवस मनाइँदै
-
आजदेखि तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली