थाइल्यान्डमा बाढीका कारण ९ जनाको मृत्यु, हजारौँ विस्थापित

बैंकक । दक्षिणी थाइल्यान्डमा भारी वर्षा पछि आएको बाढीले नौ जनाको ज्यान लिनुका साथै १३ हजार भन्दा बढी विस्थापित भएको अधिकारीहरूले शनिबार बताएका छन् । उद्धार टोलीहरूले डुङ्गा लगायतका सामाग्रीको प्रयोग गरेर फसेका बासिन्दाहरूको उद्धार गर्ने प्रयास गरिरहेको उनीहरुले बताएका छन् ।
स्थानीय मिडियाहरुले प्रसारण गरेका फुटेजमा बासिन्दाहरू तथा गाढीहरू बाढीको सडकमा डुबेको देखाइएको छ । “दक्षिणी थाइल्यान्डका आठ प्रान्तमा आएको बाढीले पाँच लाख ५३ हजार ९२१ घरपरिवारलाई प्रभावित गरेको तथा एजेन्सीहरूलाई तत्काल सहायता परिचालन गर्न निर्देशन दिएको देशको विपद् एजेन्सीले आधिकारिक पेज मार्फत जनाएको छ ।
विस्थापितहरुलाई विद्यालय तथा मन्दिरहरूमा अस्थायी आश्रय स्थलहरू स्थापना गरी स्थानान्त्रण गरिएको स्रोतले जनाएको छ । तटीय सोङ्खला प्रान्तकी बासिन्दा नाम्पाले थाई पिबिएसलाई घट्दो खाद्यान्न आपूर्तिको बारेमा चिन्तित रहेको बताउनु भएको छ ।
नजिकैको पट्टनी प्रान्तका दुई अस्पतालहरूले बाढीले चिकित्सा सुविधाहरूलाई क्षति पुग्ने भएकाले असपतालका सेवा स्थगित गरेका छन् । छिमेकी उत्तरी मलेसियामा, वर्षाले यस हप्ता कम्तिमा ८० हजार मानिसहरूलाई अस्थायी आश्रयमा सार्न बाध्य पारेको बताउदै विपद् अधिकारीहरूले कम्तिमा चार जनाको मृत्यु भएको बताएको पुष्टि गरेका छन् ।
थाई मौसम विभागले आगामी हप्तासम्म देशको दक्षिणका केही क्षेत्रहरूमा भारी वर्षा जारी रहन सक्ने चेतावनी दिएको छ । सरकारले प्रभावित बासिन्दाहरूलाई सहयोग गर्न उद्धार टोली तैनाथ गरेको छ भने प्रत्येक प्रान्तका लागि बाढी राहतमा १।७ मिलियन डलर तोकिएको छ ।
थाई प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले शुक्रबार सामाजिक सञ्जाल एक्समा “सकेसम्म चाँडो सामान्य स्थिति पुनःस्थापित गर्ने“ लक्ष्य रहेको बताउनु भएको छ । वैज्ञानिकहरूले मानव निर्मित जलवायु परिवर्तनले मौसम ढाँचामा परिवर्तन निम्त्याइरहेको जनाउदै यसले विनाशकारी बाढीको सम्भावना बढ्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूले भोलिदेखि पार्टी कार्यालय घेराउ गर्ने
-
आर्मी क्लब र सुदूरपश्चिम प्रदेशको सजिलो जित, किरण ठगुन्नाको उत्कृष्ट शतक
-
कोटीहोम विवाद : पाँच सदस्यीय वार्ता टोली गठन गर्ने
-
अध्यक्ष दाहालले गरे ४ विधेयक प्रमाणित
-
पोल्यान्डका विदेशमन्त्रीलाई मस्कले भने- चुप लागेर बस फुच्चे
-
नेसपा (नयाँ शक्ति)को बागमती प्रदेशस्तरीय महाधिवेशन सम्पन्न