बागलुङमा महायज्ञबाट ६४ लाख सङ्कलन

बलेवा । प्रसिद्ध गाजा दहलाई पर्यटकीय गन्तव्यका रुपमा प्रचार गर्दै स्थापित गर्न गत शनिबारदेखि सञ्चालन भएको श्रीमद्भागवत् ज्ञान महायज्ञको शुक्रबार समापन गरिएको छ । सिद्धबराह मन्दिर संरक्षण समितिको आयोजनामा महायज्ञ आयोजना गरिएको थियो ।
महायज्ञबाट रु ६४ लाख दान सङ्कलन भएको महायज्ञ मूल आयोजक समितिका प्रचारप्रसार संयोजक दिलीप प्रतेलले जानकारी दिए । महायज्ञको व्यवस्थापनलगायत काममा रु २० लाखभन्दा धेरै खर्च भएको अनुमान छ । महायज्ञमा शिवदत्त रेग्मी प्रमुख वाचकको भूमिकामा रहेका थिए । जैमिनी संकृतन समूहले भजनको व्यवस्थापन मिलाएको थियो ।
महायज्ञ सफल बनाउन जैमिनी नगरपालिकाले काठेखोलातर्फको चापाखर्कदेखि गाजा दह र कुश्मीसेरादेखि दमेक हुँदै गाजा दहसम्मका सर्वसाधारणलाई पालैपालो महायज्ञस्थलमा उपस्थित गराएको थियो । गाजा दह समुन्द्री सतहदेखि दुई हजार चार सय ६० मिटर उचाइमा छ । चिसो मौसम र भौगोलिक कठिनाइका कारण महायज्ञमा अनुमान गरेजस्तो भक्तजनको उपस्थिति नभएको मूल आयोजक समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म