सत्ता परिवर्तनका लागि कांग्रेससँग पहल गरेको छैन, गगनजीप्रति दया लाग्छ : प्रचण्ड
![सत्ता परिवर्तनका लागि कांग्रेससँग पहल गरेको छैन, गगनजीप्रति दया लाग्छ : प्रचण्ड](https://npcdn.ratopati.com/media/news/prachanda_aG2PGfu7cC.jpg)
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता परिवर्तनका लागि नेपाली कांग्रेससँग पहल गरेको कुरा झुटो भएको दाबी गरेका छन् । शनिवार निजी निवास खुमलटारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
केही दिनअघि कीर्तिपुर उपनिर्वाचनको चुनावी सभामा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अध्यक्ष दाहालले हप्ताको दुई/तीन पटक नेपाली कांग्रेससँग प्रधानमन्त्री बन्न आग्रह गरेको बताएका थिए । सोही बारेमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले सत्ता परिवर्तनको कुरा आफूले अघि नबढाएको दाबी गर्दै ०८४ सम्मकै सरकार चलाउन बारम्बार सार्वजनिक मञ्चहरुमार्फत आग्रह गरेको बताए ।
उनले भने, ‘सत्ता परिवर्तनको कुरा अघि बढाएको कुरा बिल्कुल होइन । यो भन्दा सफेद झुट अरू केही हुनै सक्दैन । मैले त अहिले बोल्न पनि चाहिरहेको थिइनँ, यो विषयमा । अब तपाईँहरूले सोधिहाल्नुभयो । गगन थापालाई मैले एउटा युवा नेताको रूपमा उहाँसँग धेरै संवाद, सहकार्य हुने गर्दथ्यो । अहिले केही महिनाभित्रै उहाँमा आएको परिवर्तन र उहाँले यति तल झरेर हुँदै नभएको झुटो कुरो जनतासँग बोलेको देख्दा गगनजीप्रति मलाई साँच्चै दया लागेको छ । कति तल कति छिटो झर्न सकेको हो । त्यस्तो एउटा राम्रो सम्भावना बोकेको युवा नेता यति छिटो, यति अनैतिक र झुटो कुरा गर्न सक्ने भएको देख्दा उहाँप्रति मलाई साँच्चै दया लागेको छ ।
उनले थपे, ‘तपाईँहरूले सोधी नै हाल्नुभयो । शतप्रतिशत झुटो कुरा हो । मैले भनेको छैन, बरु भन्दा पनि भन्दिन । मलाई त सरकारबाट बाहिर आएर जनतामा जाँदा नै हामीलाई सहज भइरहेको छ । सरकार तपाईँहरू ०८४ सम्म नै चलाउनुस् भनेको छु । मेरो शेरबहादुर देउवाजीसँग यो विषयमा कहीँ कतै प्रत्यक्ष, परोक्ष केही कुरा भएकै छैन । यस्तो झुटो कुरा गगनजी तपाईं आत्मसमीक्षा गर्नुहोला भन्न चाहन्छु ।’
अध्यक्ष दाहालले झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिई ज्यान गुमाउनुभएका नारायण नगरकोटी र सानुमाया नगरकोटीका दुई छोरी गरिमा र अनु नगरकोटीको कक्षा १२ सम्म अध्ययन गराउने जिम्मा लिएकोमा उद्धव नेपाललाई धन्यवाद ज्ञापन गरे । अध्यक्ष दाहालले पीडामा भएकाहरूलाई सबैले हातेमालो गरेर सहयोग गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षित इन्टरनेट सेवाबारे सरोकारवालाको छलफल
-
ग्यास लुकाएर अभाव देखाए विभागले जफत गर्ने
-
आइफाको रजत जयन्तीमा निर्देशक राकेश रोशनलाई विशेष सम्मान गरिने
-
भूमिसम्बन्धी अध्यादेशको विरोध गर्नुभनेको भूमिहीन किसानको विरोध गर्नु हो : उपमहासचिव ज्ञवाली
-
प्रभु साहको प्रश्न : शान्तिपूर्ण विरोध सभा गर्ने ठाउँ कहाँ छ ?
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा अध्यादेशबारे छलफल