सोमबार, ०७ माघ २०८१
ताजा लोकप्रिय
बाढीको चपेटामा परेको च्यासल रङ्गशालामा कहिले जाला ध्यान ? (तस्बिर)
फोटोफिचर

बाढीको चपेटामा परेको च्यासल रङ्गशालामा कहिले जाला ध्यान ? (तस्बिर)

शनिबार, १५ मङ्सिर २०८१

ललितपुर । दशरथ रङ्गशालाको विकल्पका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को लगानीमा स्तरोन्नति गरिएको ललितपुरको च्यासल रङ्गशाला गत असोज ११ र १२ गरेको अविरल वर्षासँगै आएको बाढीले पूर्ण रूपमा क्षति पुर्‍याएको छ ।

Chyasal Football Ground.-1133

अखिल नेपाल फुटबल संघले च्यासलमा टेक्निकल सेन्टरको रूपमा स्थापना गरेको सो टेक्निकल सेन्टरलाई पछि रङ्गशालाको स्वरूप दिएर वैकल्पिक मैदानका रूपमा स्तरोन्नति गरिएको हो  । राखेपले २०७६ असारमा निर्माण कार्यको सुरुवात गरेको सो रङ्गशालाको उद्घाटन तत्कालीन  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७९ फागुन १६ गते मंगलबार गरेका थिए ।

Chyasal football ground_Nepal photo Library2

डाँफे जेभीले दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरे पनि ६ महिनाका दरले ६ पल्ट म्याद थपेर २०७९ असोज अन्तिममा राखेपलाई हस्तान्तरण गरेको सो रङ्गशाला मनोहरा खोलाको बाढीको चपेटामा परेको छ ।

Chyasal Football Ground.-1132

भ्याट बाहेक २८ करोडमा निर्माण सम्पन्न गरिएको सो रङ्गशाला मनोहरा खोला र बागमतीको सङ्गमबाट करिब १०० मिटरको दूरीमा रहेको च्यासल मैदान मनोहरा खोलाकै किनारमा अवस्थित छ ।  २०७८ भदौ २२ र २०७९ साउन २५ गतेको बाढी रङ्गशालामा पसेको थियो भने २०८१ असोजको बाढीले भने रङ्गशाला खेल खेल्ने नहुने गरी क्षति पुर्‍याएको छ ।

Chyasal Football Ground.-1140

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को लगानीमा सञ्चालन  भएको च्यासल रङ्गशाला स्तरोन्नतिको काम पाँच वर्ष लगाएर सकिएको थियो भने यो रङ्गशाला पुनर्निर्माणका लागि २८ करोड रुपैयाँ (भ्याटबाहेक) खर्च भएको थियो ।

Chyasal Football Ground.-1136Chyasal Football Ground.-1141Chyasal Football Ground.-1142Chyasal Football Ground.-1143Chyasal Football Ground.-1144Chyasal Football Ground.-1145Chyasal football ground_Nepal photo Library1Chyasal football ground_Nepal photo Library3Chyasal football ground_Nepal photo Library4Chyasal football ground_Nepal photo Library5Chyasal football ground_Nepal photo Library6

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया