चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु-पुडुचेरीको तटमा आइपुग्ने

नयाँ दिल्ली । बंगालको खाडीमा उत्पत्ति भएको चक्रवाती आँधी फेङ्गल आज दिउँसो तमिलनाडु र पुडुचेरीको तटमा पुग्ने सम्भावना छ । धेरै तटीय क्षेत्रहरूमा वर्षा सुरु भएको छ । तमिलनाडुको महाबलीपुरममा शुक्रबार समुद्रमा उच्च छालहरू देखिएका थिए।
प्रदेश सरकारले विद्यालय तथा कलेजहरुमा बिदा दिने र माछा मार्नेहरुलाई समुद्रमा नजान चेतावनी दिएको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी)का अनुसार यो आँधी आज दिउँसो तमिलनाडु र पुडुचेरीको तटमा पुग्नेछ।
‘चक्रवाती आँधी फेङ्गल बंगालको खाडीको दक्षिण-पश्चिमी भागमा, चेन्नईको २१० किलोमिटर दक्षिण पूर्वमा छ,’ आईएमडीले भन्यो, ‘यो आँधी पश्चिम र उत्तर-पश्चिम सर्नेछ। शनिबार, नोभेम्बर ३० मा, यो पुडुचेरी नजिकै कराइकल र महाबलीपुरम बिचको उत्तर तमिलनाडु-पुडुचेरी तटहरू हुँदै जान्छ।’
यस अवधिमा हावाको गति ७० देखि ८० किलोमिटर प्रतिघण्टादेखि ९० किलोमिटर प्रतिघण्टासम्म रहने आईएमडीले बतायो । धेरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।
तमिलनाडु र पुडुचेरीमा प्रशासनले उच्च सतर्कता घोषणा गरेको छ र कुनै पनि प्रकारको परीक्षा वा विशेष कक्षाहरू सञ्चालन नगर्न भनिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणाकर गभर्नर बन्न किन अयोग्य ? खतिवडालाई उदाहरण बनाएर अधिवक्ताले देखाएका यी तीन कारण
-
गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखा प्रमुख लागुऔषधसहित पक्राउ
-
संविधानमा सुनिश्चित अधिकार महिलाले पाएनन् : मन्त्री सुडी
-
गाउँ नै रित्तिन थालेपछि मान्छे फर्काउन डिठ्ठा गाउँमा नयाँ जुक्ति
-
‘बजेट कार्यान्वयन कमजोर हुँदा अर्थतन्त्रमा गम्भीर असर’
-
नेपालमा पहिलो पटक स्काईवेल पाइलट समिट हुँदै