च्याम्पियन्स ट्रफीको प्रश्नमा बीसीसीआई उपाध्यक्षले भने, ‘पाकिस्तानसँग वार्ता भइरहेको छ’

नयाँ दिल्ली । सन् २०२५ मा हुने च्याम्पियन्स ट्रफीमा भारतीय टोली सहभागी हुने कि नहुनेमा शंका कायमै छ । भारतीय टोली सन् २००८ देखि पाकिस्तान गएको छैन ।
अब भारत पाकिस्तान जाने प्रश्नमा बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले आफ्नो प्रतिक्रिया दिएका छन्। शुक्ला भन्छन् , ‘पाकिस्तान क्रिकेट बोर्डसँग वार्ता भइरहेको छ। आईसीसीले पनि पहल गरिरहेको छ। सरकारले जे भन्छ, त्यही गर्छौं भन्ने हाम्रो अडान स्पष्ट छ।’
शुक्रबार साँझ नै परराष्ट्र मन्त्रालयका प्रवक्ताले पत्रकार सम्मेलन गरी भारतीय टोली पाकिस्तान जाने सम्भावना नरहेको बताएका थिए । पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवाललाई भारतीय टोली पाकिस्तान जाने विषयमा प्रश्न सोधिएको थियो ।
जवाफमा रणधीर जैसवालले भनेका थिए, ‘बीसीसीआईले यस सम्बन्धमा एक बयान जारी गरेको छ। बीसीसीआईले त्यहाँ (पाकिस्तानमा) सुरक्षाको चिन्ता रहेको बताएको छ। त्यसैले पनि टोली त्यहाँ पुग्छ जस्तो लाग्दैन ।’
च्याम्पियन्स ट्रफी २०२५ पाकिस्तानमा आयोजना हुने भएको छ । धेरै रिपोर्टमा बीसीसीआईले आईसीसीलाई पाकिस्तान नजाने लिखित जानकारी दिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजपाको केन्द्रीय कमिटी विघटन, प्रभु साहको अध्यक्षतामा महाधिवेशन आयोजक कमिटी गठन
-
थाइल्यान्डमा 'वान टु वान' वार्ताले ल्याउला त सम्बन्धमा सुधार ?
-
विशेषको फैसला चित्त नबुझेपछि भ्रष्टाचारका १२ वटा मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार
-
वडाध्यक्षलाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्न उच्चको आदेश
-
शिक्षक महासंघले शिक्षा मन्त्रालयलाई बुझायो ध्यानाकर्षण पत्र
-
बजेट तयारी-छलफल : उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन