दुई अर्ब ६३ करोडका लागतमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न, परीक्षण सफल
![दुई अर्ब ६३ करोडका लागतमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न, परीक्षण सफल](https://npcdn.ratopati.com/media/news/kabalii_r6tmzQyrNh.jpg)
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । काबेली खोलामा निर्माण भएको सो आयोजनाको क्षमता १३ दशमलव ५ मेगावाट रहेको छ
आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार परीक्षण गत आइतबारदेखि सुरु भएको थियो । परीक्षण सफल भएसँगै नेपाल विद्युत् प्राधिकरणका प्राविधिकले अन्तिम जाँच तथा निरीक्षण गरी शनिबारसम्ममा आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने तयारी भइरहेको छ । उनका अनुसार आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको पाँचथरस्थित अमरपुर सब–स्टेसन (१३२ केभीए क्षमता) मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।
सिरिजङ्घा –८ याम्फुदिनको राते खोलामा अवस्थित विद्युत्गृहबाट अमरपुर सब–स्टेसनसम्मको करिब ३१ किलोमिटर दूरीमा रहेका प्रसारण लाइनको परीक्षण पनि सफल भएको छ । सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना स्नो रिभर्स लिमिटेडले निर्माण गरेको हो ।
विसं २०७९ मङ्सिर अन्तिम साताबाट सुरु भएको आयोजना छोटो अवधिमै सम्पन्न भएको जनाइएको छ । करिब रु दुई अर्ब ६३ करोड २९ लाखको लागतमा निर्माण सम्पन्न भएको यो आयोजना क्षेत्रीय ऊर्जा आपूर्तिमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । सोही क्षेत्रमा काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले २१ दशमलव १३ मेगावाट क्षमताको अर्को जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ, यसले स्थानीय र राष्ट्रिय ऊर्जा उत्पादनलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋषभ पन्तको सट्टा प्रशिक्षकको रोजाइमा परे केएल राहुल
-
मकुना मृत्यु प्रकरण : विभाग अगाडि विरोध प्रदर्शन
-
खानेपानी पाइप फुटेर जलमग्न वन परिसर र विशेष अदालतको सरसफाइ (तस्बिरहरू)
-
आगामी फिल्ममा प्रभाससँग स्क्रिन शेयर गर्दैछन् अनुपम खेर
-
चोट र व्यक्तिगत कारणले च्याम्पियन्स ट्रफी गुमाउने यी चर्चित खेलाडी
-
माओवादी सशस्त्र विद्रोह : ‘जनयुद्ध’ कि ‘हिंसा’ दिवस ?