एनपीएलका प्रत्येक चौकामा एनसेल फाउन्डेसनले ४ वटा शैक्षिक सामाग्री वितरण गर्ने

काठमाडौँ । एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग सम्बन्धित एक ठूलो उद्देश्यसँग जोड्ने घोषणा गरेको छ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेलका खेलहरूमा हानिने प्रत्येक चौका बापत एनसेल फाउन्डेसनले ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई चारवटा शैक्षिक सामाग्री प्रदान गर्नेछ ।
यस पहलले विद्यार्थीहरुको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको छ र शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्याउने कम्पनीको भनाई छ । विद्यार्थीहरूले प्राप्त गर्ने प्रत्येक शैक्षिक किटमा आवश्यक शैक्षिक सामग्री समावेश हुनेछन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूलाई पठनपाठनमा योगदान प्रदान गर्नेछ ।
“क्रिकेट एक यस्तो खेल हो, जसले एकताबद्ध बनाउँछ र प्रेरणा पनि दिन्छ । यस पहलमार्फत हामी क्रिकेटप्रतिको चाख र यसको शक्ति प्रयोग गरी ग्रामीण र दुर्गम विपन्न क्षेत्रका विद्यार्थीहरूको जीवनमा सकारात्मक प्रभाव पार्न चाहन्छौँ । शिक्षा दिगो विकासको मुख्य आधार हो । यो पहलले हाम्रो भावी पुस्तालाई सक्षम बनाउने प्रतिबद्धताको प्रतिनिधित्व गर्छ,” एनसेलकी कर्पोरेट कम्युनिकेसन र सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन् ।
यी शैक्षिक सामाग्रीहरूको वितरण क्रिकेट एसोसिएसन नेपाल (क्यान), स्थानीय निकाय र सरोकारवालाहरूको समन्वयमा गरिनेछ, जसले सामुदायिक विद्यालयका लक्षित विद्यार्थीहरूसम्म यी सामाग्रीहरू पुग्ने सुनिश्चितता गर्नेछ ।
क्यानले एनपीएलका लागि एनसेलसँग साझेदारी सम्झौता गरिसकेको छ । यस साझेदारी अन्तर्गत, एनसेल, सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको ‘पावर्ड बाई’ पार्टनरको रूपमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फागुपूर्णिमाको दिन आज कसलाई कति लाभदायी ? हेरौं राशिफल
-
विदेशी मुद्रा आज कसको मूल्य कति ?
-
सगरमाथा आरोहणको तयारी सुरु, बाटो बनाउन खटाइए ‘आइसफल डाक्टर’
-
एस्टन भिल्ला च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा
-
राजावादी सक्रीय भएपछि माधव नेपालको पार्टीले गर्यो सङ्घर्ष गर्ने निर्णय
-
नेपालका १२५ भाषाको लेखन सहजताका लागि एउटै ‘फन्ट’ निर्माण