हाइलाइफ फुड्स र लुम्बिनी लायन्सबिच सहकार्य

काठमाडौँ । हाइलाइफ फुड्सले नेपाल प्रिमियर लिग (एनपीएल)को लागि लुम्बिनी लायन्ससँग सहकार्य गरेको छ । क्रिकेटको उत्साह र स्वस्थ जीवनशैली भन्ने मूल नारासहित यो कम्पनीले लुम्बिनी लायन्सप्रति समर्थन जनाउँदै सहकार्य गरेको हो ।
क्रिकेटमार्फत सम्पूर्ण युवाहरूलाई फिटनेस र टिमवर्कप्रति जागरूक गराउनुको साथै उक्त टिमलाई समर्थन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा क्रिकेटलाई अघि बढाउन सदैव सहयोग रहने यस कम्पनीको भनाई छ । हाइलाइफका विभिन्न खाद्य वस्तुहरूमार्फत नेपाली पुस्ता र हरेक क्षेत्रका समुदायहरूलाई जोड्न समेत यस कम्पनीको ब्रान्डहरूको विशेष भूमिका रहेको छ ।
कम्पनीले हाल विभिन्न १५ वटा विधाका ८३ बढी खाद्य वस्तु उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गर्ने सबै खाद्यान्नहरूमा नेपालकै ९० प्रतिशत कच्चा पदार्थ प्रयोग गरी उच्च गुणस्तरको उत्पादन गरिएको र उत्पादित वस्तु नेपालका सबै सहरहरूका साथै विदेशमा हङकङ, मकाउ लगायतका देशहरूमा विक्री वितरण हुँदै आइरहेको भने अस्ट्रेलिया र अमेरिकामा समेत निर्यात गर्ने प्रक्रियामा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य एकैदिन ६ हजार ९०० रुपैयाँ बढ्यो, तोलामा २ लाख नजिक
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश मुसलमानको इजलासमा
-
न्यायाधीश नियुक्तिमा संसदीय सुनुवाइको औचित्य छैन
-
मिश्र परिवारको सुखद संयोग : बुवाले बारको अध्यक्षमा शपथ लिएको दुई दिनमै छोरी स्ववियु कोषाध्यक्षमा निर्वाचित
-
गण्डकीका सबै अस्पताल स्तरोन्नति गर्ने मन्त्रिपरिषद्को निर्णय
-
शिक्षकहरूको प्रदर्शन आज पनि जारी