शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय
आजको राशिफल

शुभकार्य र यात्रा कस्तो बेला पारेर गर्ने ? हेरौँ आजको राशिफल

शनिबार, १५ मङ्सिर २०८१, ०४ : ४५
शनिबार, १५ मङ्सिर २०८१

आज विक्रम संवत २०८१ साल मंसिर १५ गते, शनिबार । ईश्वी संवत सन् २०२४ नोभेम्बर ३० तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । दक्षिणायन् । हेमन्त ऋतु । श्रीशाके १९४६ । मंसिर कृष्णपक्ष । तिथि–चतुर्दशी, ८ घडी २९ पला, बिहान १० बजेर १ मिनेट उप्रान्त औशी । नक्षत्र–विशाखा, १५ घडी ५९ पला, दिउँसो १ बजेर १ मिनेट उप्रान्त अनुराधा । योग–अतिगण्ड, २८ घडी १९ पला, बेलुकी ५ बजेर ५७ मिनेट उप्रान्त सुकर्मा । करण–शकुनी, बिहान १० बजेर १ मिनेट उप्रान्त चतुष्पद, बेलुकी १० बजेर ४६ मिनेट उप्रान्त नाग । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ६ मिनेट । दिनमान २६ घडी १२ पला ।

आजको बार बेला  

  • बिहान ०६ बजेर ३८ मिनेटसम्म काल बेला ।
  • बिहान ६ बजेर ३९ मिनेटदेखि बिहान ७ बजेर ५६ मिनेटसम्म शुभ बेला ।
  • बिहान ७ बजेर ५७ मिनेटदेखि बिहान ९ बजेर १५ मिनेटसम्म रोग बेला ।
  • बिहान ०९ बजेर १६ मिनेटदेखि बिहान १० बजेर ३३ मिनेटसम्म उद्धेग बेला ।
  • बिहान १० बजेर ३४ मिनेटदेखि बिहान ११ बजेर ५२ मिनेटसम्म चर बेला ।
  • बिहान ११ बजेर ५३ मिनेटदेखि दिउँसो १ बजेर ११ मिनेटसम्म लाभ बेला ।
  • दिउसो १ बजेर १२ मिनेटदेखि दिउँसो २ बजेर २९ मिनेटसम्म अमृत बेला ।
  • दिउसो २ बजेर ३० मिनेटदेखि दिउँसो ३ बजेर ४८ मिनेटसम्म काल बेला ।
  • दिउसो ३ बजेर ४९ मिनेटदेखि बेलुकी ६ बजेर ४८ मिनेटसम्म लाभ बेला ।

नोट : शुभकार्य वा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

बिहान ९ बजेर १४ मिनेटदेखि बिहान १० बजेर ३३ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ५ बजेर ०३ मिनेटदेखि बिहान ५ बजेर ५१ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने ग्रहयोग रहेकोछ । सवारी साधन चलाउदा सचेत रहनुहोला, दण्ड तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ । व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक कामहरु प्रभावित हुनेछन् । मित्र तथा आफन्तको सल्लाह नमान्दा दुःख पाइनसक्छ । र, पनि समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यतित हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वु,वे,वो) सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। व्यापारबाट लाभ लिन सकिने तथा आयआर्जन पनि राम्रै हुनेछ। व्यापारकै शिलशिलामा यात्रा हुने योग छ  । अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामबाट पनि फुर्सद पाइनेछ ।

मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । तपाइँको कुरा काट्ने तथा बिरोध गर्नेहरु तपाईंकै प्रशंसा गर्न थाल्नेछन् । कुनै पनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउँदै जित हात पार्न सकिनेछ । शरीर स्वस्थ रहने हुनाले राम्रा काम गरी दाम कमाउन सकिनेछ । पढाइ लेखाइमा राम्रो नतिजाका साथ तपाईंको  नाम अग्र स्थानमा आउनेछ । परिवार तथा आफन्तका साथ समय व्यतित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) प्रेममा अबिश्वास बढ्नेछ भने सन्तान तथा छोराछोरीले तपाईंको काममा खासै सहयोग गर्ने छैनन् । भौतिक सम्पत्ति तथा विलासी सामानको प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा नचाहाँदा नचाहाँदै छुट्टिनु पर्ने बाध्यता आउनेछ । व्यवसायमा लगानी गरे पनि प्रतिफल प्राप्त गर्न केही समय कुर्नु पर्नेछ । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । हतारको निर्णयले आत्मसम्मानमा चोट लाग्नसक्छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) अध्ययनमा समय दिन नसक्दा अरु भन्दापछि परिनेछ भने अरुकै लागि श्रम तथा शक्ति खर्च हुनेछ । रमाइलो वातावरणमा पनि मन खिन्न हुनेछ । साथीभाई तथा आफन्तसँग विवाद बढ्ने योग छ, ध्यान दिनुहोला । प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा वैमनश्यता बढ्नेछ । व्यापार व्यवसायमा समय र लगानी गरे पनि आम्दानी थोरै हुनेछ । आमा तथा आफन्तसँग टाढिने योग छ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) अर्थ उपार्जनका विभिन्न स्रोतहरु जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिष्ठान्न भोजन लिने अवसर मिल्नेछ । तपाईंले सुरु गर्नुभएको कामको दाजुभाई तथा छिमेकबाट उच्च मुल्याङ्कन हुने ग्रह योग रहेको छ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न रहनेछ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) बोल्दा ख्याल गर्नुहोला, समय मध्ययम रहेकोछ । आफन्त तथा ईष्टमित्रसँग मनमुटाव बढ्नेछ । रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला । सापटी लाने तथा अनावश्यक ठाउँमा खर्च बढ्नेछ । माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाव बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । व्यापार व्यवसायमा लगानी गरि आम्दानी गर्नका लागि केही समय कुर्नु नै बेस हुनेछ । र, पनि लामो दुरीको सांगीतिक यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने योग छ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक क्षत्रे बलियो हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । पढाई लेखाइमा मन जाने हुनाले नतिजा आफैँतिर ल्याउन सकिनेछ । सुख दुःखमा साथ दिनेहरु प्रशस्त भेटिने हुँदा मन प्रशन्न रहनेछ । इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटो समयमा पूरा हुनसक्छ। परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ। विशेष समारोहबिच मान–सम्मान, प्रतिष्ठा पाइनेछ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) अर्थ संकलन तथा आर्थिक अवस्था कमजोर रहने हुँदा कामहरु रोकिन सक्छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा लामो समयदेखिको सम्बन्ध टुट्न सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला, समय मध्ययम रहेको छ । र, पनि विदेशमा बसेर अध्ययन तथा श्रम गर्नेहरुका लागि भने समय फलदायी रहनेछ । विदेशी लगानीमा सञ्चालित संस्थाबाट मनग्गे लाभ लिन सकिनेछ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु, खे,खो,गा, गी) आर्थिक लाभ हुने काममा हात हाल्न सकिनेछ भने व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा विजयी भइनेछ। ईर्ष्या गर्नेहरू आफैँ किनारा लाग्नेछन् । चुनौती चिर्दै कार्यसम्पादन गर्न सकिनेछ। पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोगमार्फत लाभ लिन सकिनेछ । वंश बृद्धिको योग छ ।
 
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) कर्मक्षेत्रमा राम्रो काम गरेर नाम कमाउन सकिनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने आर्थिक अवस्था मजबुत हुनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा ईज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । रोजगार पाईने समय रहेको छ भने गरिरहेको काममा बढोत्तरिको प्रशस्त सम्भावना रहेको छ । तपाईंको शालिन स्वभावदेखि सबै मोहित हुनेछन् । प्रेममा खुलेर रमाउने समय रहेकोछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) घर परिवार तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ । बाहिरी वातावरणको ख्याल गर्नु होला । स्वास्थ्यमा समस्या आउने योग छ । प्रेममा मनमुटाव सिर्जना हुनेछ । तर, पनि नाफामुलक व्यवसाय भन्दा सेवामुलक व्यवसाय फस्टाएर जानेछ । धर्म सँस्कृति तथा यस्तै क्रियाकलापमा दिन बित्ने योग रहेको छ । अध्ययन तथा अध्यापनको शिलशिलामा लामो दुरीको यात्राको तय गर्न सकिनेछ ।  

तपाईंको दिन शुभ रहोस् ।
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप